Incident Reports

महिलामाथि सशस्‍त्र प्रहरीकाे बुट र लाठी

2019-05-02

परासी : तस्करी गरेको भन्दै सशस्त्र प्रहरी राजश्व टोलीले २ जना महिलालाई निर्घात कुटपिट गरेको छ। कुटपिटबाट घाइते महिलालाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले उद्दार गरेर अस्पताल पुर्‍याएको हो।

सशस्त्र प्रहरी बल नेपालको राजश्व तथा भन्सार सुरक्षा रुपन्देही ३८ गुल्मबाट खटिएको टोलीले बिहीबार राती आफूहरुलाई कुटपिट गरेको पीडित महिलाहरुले बताएका छन्। घरायसी सामान प्रयोजनका लागि ल्याइएका लत्ताकपडा र अन्य सामाग्री सोधपुछ गर्ने क्रममा आफूहरुमाथि कुटपिट भएको पीडितको भनाई छ। 

गुल्मबाट खटिएका नायब उपरीक्षक गोबिन्द खाती र निरीक्षक सुरज रिजाल नेतृत्वको राजश्व टोली गस्तीका क्रममा परासी पुगेको थियो। महिलाहरु सीमावर्ती भारतीय बजारबाट परासीतर्फ आउँदै थिए। सोही क्रममा दुईवटा अटो रिक्सामा आउँदै गरेका ८ जनामध्ये दुईजनालाई रामग्राम नगरपालिकाको उजैनी भन्ने स्थानमा निमर्मतापूर्वक कुटपिट गरेको महिलाहरुले बताएका छन्।

शरीरका विभिन्न भागमा निल डामसहित शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न पुगेका महिलाहरुले चेकजाँचको बहानामा आफूहरुमाथि कुटपिट भएको बताए। उनीहरुका खुट्टा, हात, पिठ्यू लगायतका भागमा निल डाम देखिएका छन्। सबै महिलाहरु रुपन्देही जिल्ला बुटवल उपमहाननगरपालिकाका विभिन्न टोलका स्थानीय हुन्। 

कुटपिटबाट सबैभन्दा बढी चोट डबाहा बस्ने ३५ वर्षीया वसन्ता थापा र जोगिकुटी बस्ने ४५ वर्षीया दुर्गा पोखरेललाई लागेको छ। दुई जना मध्ये वसन्ताको कानको जाली फुट्ने गरी बुट र मुक्काले प्रहार गरेको महिलाहरुले बताए। 

जिल्ला प्रहरी कार्यालयमा पुगेकी वसन्ताले रुदै भनिन्,‘मुक्का प्रहारका कारण मैले हिजोदेखि कान कम सुन्न थालेकी छु। हात नचलेपछि भाँचिएको आशंकामा एक्सरे गरे। धन्न हात भाँचिएको रहेनछ।’

घटना रातको करिब ९ बजे भएको हो। कुटपिटपछि आफूहरुले हारगुहार मागेपनि सुनसान भएकाले कोही उद्दार गर्न नआएको महिलाहरुले बताए। लछारपछार गरेर गएपछि प्रहरीको १०० नम्बरमा फोन गरेको र तत्काल  प्रहरीको टोली आएर पृथ्वीचन्द्र अस्पतालमा पुर्‍याइएको महिलाहरुले बताएका छन्। चेकजाँच गर्ने क्रममा कुर्तासुर्वालसहित अन्य थानका कपडाहरु देखेपछि राजश्व गस्ती टोलीले भन्सार मागेको थियो। 

भन्सार नभएको बताएपछि प्रहरीले एक्कासी कुटपिट गर्न थालेको महिलाहरुको भनाई छ। ‘भन्सार छैन भनेपछि हामीसँग २० हजार मागे। रकम छैन भनेपछि बुट र लठीले हान्न थाले’ एक महिलाले भनिन्,‘घरायसी सामान भएकाले भन्सार लाग्दैन भनेर त्यसै आयौं बिचमा कसैले रोकेर भन्सार गर्नुपर्छ पनि भनेन त्यसैले सरासर आयौं,भन्सार नतिरेर अपराध गरेको भए कानून अनुसार कारवाही गर्नुपथ्र्यौ, हामी कारबाही भोग्न तयार छौं तर पशुलाई झै कुटपिट गर्न कहाँको कानुनले दिन्छ।’ 

कुटपिट गरेर आफूहरुसँग भएको ७ हजार बढी नगद र मोबाइलसमेत लगेको उनीहरुले आरोप लगाएका छन्। गुल्मका नायब उपरीक्षक खातीले महिलामाथि कुटपिट नगरेको दाबी गरेका छन्।  भन्सार छलेर ल्याएका सामान बरामद गर्ने क्रममा महिलाहरुले जाथाभावि गालिगलौज गरेर टोलीमाथि जाइलागेपछि सामान्य धकला–धकेल भएको  खातीले बताए। ‘हामी मानव अधिकारको संरक्षण गर्ने निकाय त्यसमा पनि म आफैं गएको छु। त्यसरी कुटपिट गरेका छैनांै। उनीहरुले झुठा आरोप लगाएका हुन्’ उनले भने। 

महिलाहरुले हातपात गर्दै निरीक्षकको मोवाइल समेत खोसेर फुटालिदिएको नायब निरीक्षक खातीले दाबी गरे। आठ वटा झोलाबाट अवैध तयारी कपडा र थानका कपडा बरामद भएको उनले बताए। झोलासँगै ती महिला मध्ये कसैको एउटा मोबाइल र सानो पर्समा ८ हजार १ सय १५ रुपैयाँ समेत फेला परेको खातीले बताए। 

महिलाहरु घरायसी सामानको बहानामा कपडाको ओसारपसार गर्ने गरेको सशस्त्र प्रहरीले बताएको छ। एउटा झोलाबाट १६ हजार बरामरको सामान बरामद भएको छ।। बरामद गरिएका सामानमा महिलाले लगाउने टप्स २ सय ७५ थान, ९९ थान सल (चुन्नी) र २० थान पाईन्ट र सर्टका कपडा छन्। जसको मूल्य एकलाख ३० हजार ६ सय रहेको नायब उपरीक्षक खातीले बताए।  

मोबाइल र नगद सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने उनले बताए। अन्य सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ। महिलाहरुले रुदैं फोन गरेपछि गाडी पठाएर अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। ‘हामीलाई कुटपिट गरेर छाडिएको छ भन्दै कन्ट्रोलमा फोन आयो। तत्कालै पुगेर घाइते महिलाहरुलाई अस्पताल पुर्‍याइएको हो’ भट्टले भने।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations APF
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 2
National/Online Media

0 Comments