Incident Reports

विद्यार्थीलाई कुटपिट गरेको विरोधमा क्याम्पस प्रमुखको कुर्सी जलाए

2019-05-03

Gandaki, Lamjung, Besishahar, Ward 8

बेसीशहर नपा–८ का १९ वर्षीया सञ्जय भट्टलाई परीक्षा दिने क्रममा मस्र्याङदी बहुमूखी क्याम्पसका प्रमुख ५२ वर्षीय हरिबाबु थापाले वैशाख १९ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । जनविकास माध्यमिक विद्यालयमा अध्ययन गर्ने संजयलाई सो क्याम्पसमा परीक्षा दिने क्रममा प्रमुख थापाले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

आफ्नो कुनै गल्ती र असहज गतिविधि नहँुदा पनि थापाले कुटपिट गरेको भट्टले गुनासो गरे । परीक्षा हलमा नै परीक्षार्थीमाथि कुटपिट हुनु मानव अधिकारको उल्लङ्घन भएको क्याम्पस स्ववियु सभापति देवेन्द्र गुरुङको भनाई छ ।

क्याम्पस प्रमुख हरिबाबु थापाले भने विद्यार्थीले अनुशासन विपरित गतिविधि गरेको पाइएकाले आवेशमा आएर कुटपिट गर्नुपरेको बताए ।

भट्टले परीक्षामा खटिएका गार्डलाई नटेरेर चिट चोर्न खोजेकोले गालामा थप्पड हानेको क्याम्पस प्रमुख थापाको भनाइ छ ।

घटनाको विरोधमा वैशाख २० गते विद्यार्थीहरूले क्याम्पसमा प्रमुख बस्ने कुर्सी जलाएका छन् । क्याम्पस प्रशासन सहितको समूह वार्तामा आएर क्याम्पस प्रमुखले सार्वजनिक रूपमा माफी नमागेसम्म आन्दोलनको कार्यक्रम जारी राख्ने पीडित पक्षको भनाइ छ ।

दलबहादुर मजाकोटी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
INSEC

0 Comments