Incident Reports

खोकना र बुङ्गमती संरक्षणको लागि ललितपुरमा निस्कियो मानवलस्कर

2019-05-03

Bagmati, Lalitpur, Lalitpur

दु्रतमार्ग, हाइटेन्सन लाइन, रिङ्गरोड, बागमती कोरिडर, बसपार्क, पेट्रोलियम भण्डारण डिपो, डिजिटल सिटीको नाममा ललितपुर महानगरपालिकाका प्राचीन तथा ऐतिहासिक बस्तीहरू खोकना र बुङ्गमती क्षेत्र नष्ट गर्ने सरकारी प्रयासको विरोधमा शुक्रबार दसौं हजार जनताले ललितपुरमा प्रदर्शन गरेका छन् ।

प्रभावित क्षेत्र बुङ्गमतीबाट सुरु भएको विशाल जुलुस खोकना हुँदै मंगलबजार पुगेर जनसभा भएको थियो । जनसभामा बुङ्गमती जनसरोकार समाज र खोकना जनसरोकार समाजका प्रतिनिधिहरूले जनप्रदर्शन गर्नुको कारणबारे चर्चा गरेका थिए ।

उनीहरूले राज्यले राष्ट्रिय गौरवको योजनाको नाममा स्थानीय जनतालाई बस्तीबाट विस्थापन गर्न खोजेको धारणा राखे । उनीहरूले राज्यबाट भएका यस्ता कामबाट ऐतिहासिक सभ्यता र संस्कृति मासिने विचार राखे ।

उपत्यकाका विभिन्न स्थानबाट विभिन्न जाति समुदायका जनताको सहभागिता रहेको जुलुसमा ‘स्मार्टसिटीको नाममा जनताको जग्गा लुट्न पाइदैन’, हाइटेनसन लाइन तानेर जनता मार्न पाइदैन’, ‘पीडित जनता एक होऔं’ जस्ता नारा लगाएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Collective tensions related to regional identities
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments