Incident Reports

राति वडा कार्यालयमा आगजनी

2019-05-06

Sudurpashchim, Doti, Badikedar, Ward 4

डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । कार्यालयको ढोका फोडेर कागजात र फर्निचरहरुमा आगजनी गरिएको हो ।

वडा नं. ४ का अध्यक्ष विरेन्द्र बहादुर कोटकेनीले वडा कार्यालय गाउँभन्दा अलि टाढा भएकाले कसले जलायो भन्ने थाहा नभएको बताए । उनले सबै कागजातहरु र फर्निचरहरु जलेर खरानी भएको बताए ।

घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय वीपीनगरबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।

बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले यस बिषयमा गाउँपालिकाले पनि टोली गठन गरेर छानबिन गर्ने बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments