Incident Reports

समाचार लेखेकै आरोपमा जनप्रतिनिधिद्वारा पत्रकारलाई धम्की

2019-05-05

Madhes, Mahottari, Sonama

गौशाला निवासी रेडियो रूपान्तरणका समाचार संयोजक ३२ वर्षीय धनवीर महतो, औरही निवासी महोत्तरी पोस्ट डटकमका सम्वाददाता २७ वर्षीय धर्वेन्द्रकुमार यादव र धनुषा बटेश्वर निवासी टुडेपाटी डटकमका २५ वर्षीय शैलेन्द्र महतोलाई समाचार लेखेकै आरोपमा सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव र वडा अध्यक्ष अशोक यादवले वैशाख २२ गते प्रेस विज्ञप्तिमार्फत धम्की दिएको अरोप छ ।

सोनमा गाउँपालिका–१ की सुधा यादवलाई स्थानीय राजु साहसँग भगाउनको लागि सहयोग गरेको भन्दै सोही ठाउँका १६ वर्षीय शङ्कर साह र १७ वर्षीय सुधीर साहलाई सोनमा गाँउपालिका अध्यक्ष र वडा अध्यक्ष मिलेर वैशाख २१ गते हातगोडा बाँधी निर्घात कुटपिट गरेको समाचार लेखेको भन्दै आरोपितद्वयले पत्रकारहरूलाई धम्की दिएका हुन् ।

सोनमा गाउँपालिकाको कार्यालयले गाउँपालिकाकै लेटरप्याड प्रयोग गरी यस्तो किसिमको समाचार वैशाख २२ गते लेख्ने पत्रकारहरू माथि कुनै पनि किसिमको अप्रिय घटना घटन सक्ने आशय सहित धम्की दिइएको छ ।

गाउँपालिकाका प्रवक्ता अशोककुमार यादवद्वारा जारी विज्ञप्तिमा सङ्घीय सरकार एवम् प्रदेश सरकारलाई समेत पत्रकारलाई बचाउनका लागि चुनौती दिएका छन् ।

घाइतेमध्ये शङ्करको उपचार गौशाला प्राथमिक उपचार केन्द्रमा भइरहेको छ भने सुधिरलाई उपचारको लागि काठमाडौँ लगिएको छ ।

पीडित शङ्करका बुबा रामु साहका अनुसार आफ्नो छोरा एसइइ सकेर ब्रिज कोर्स तयारीमा लहानमा पढिरहेको अवस्थामा गाउँपालिका अध्यक्षलगायतले बोलाएर अनाहकमा कुटिपिट गरेका हुन् ।

छोराले उक्त घटनामा आफ्नो कुनै संग्लनता नभएको भन्दाभन्दै कुनै कुरा नबुझी कुटपिट गरेको रामुले बताए । आर्थिक रूपमा कमजोर भएका कारण स्थानीय स्तरमा नै उपचार गराइरहेको पीडितले बताए ।

घटना बारे इलाका प्रहरी कार्यालय गौशलामा वैशाख २१ गते उजुरी दर्ता गरिएको छ ।

यसैबीच सोनमा गाँउपालिकाका कार्यालयले पत्रकारलाई धम्कीपूर्ण शब्दमा प्रेस विज्ञप्ति निकालेको प्रति मधेसी पत्रकार समाज र अखिल क्रान्तिकारीले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।



अजयकुमार साह

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC , National/Online Media

0 Comments