Incident Reports

दलाई लामाको समाचार सम्प्रेषण गरेकै भरमा तीन जना पत्रकारको जागिर धरापमा

2019-05-12

राष्ट्रिय समाचार समिति (रासस)का तीन जना पत्रकारको जागिर धरापमा पारेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको ठाडो आदेशमा राससका अंग्रेजी डेक्सका सोमनाथ लामिछने, मोहनी रिसाल र जीवन भण्डारीको जागिर धराममा परेको हो ।

पछिल्लो समय सरकारले आमसञ्चारमाध्यम र सञ्चारकर्मीमाथि नियन्त्रित संसदमा दर्ता गरेसँगै सञ्चारकर्मीमाथि दुःख दिने क्रम पनि बढ्न थालेको छ ।

दलाई लामाको समाचार सम्प्रेषण गरेकै भरमा राससका तीन जना पत्रकारको जागिर धरापमा परेको हो । उनीहरुलाई रासस व्यवस्थापनले स्पष्टिकरण समेत सोधेको छ ।

बौद्ध धर्मगुरु तथा तिब्बती शरणार्थी नेता दलाई लामा भारतको नयाँ दिल्लीस्थित अस्पतालबाट डिस्चार्ज भई धर्मशालामा पुगेको समाचार ‘तिब्बती नेता दलाई लामा अस्पतालबाट धर्मशाला फिर्ता’ शीर्षकमा समाचार सम्प्रेषण गरेको भन्दै तीन जनामाथि स्पष्टिकरणको पत्र थमाइएको हो ।

गत वैशाख २३ गते थमाइएको पत्रमा नेपाल सरकारले ‘एक चीन नीति’ अवलम्बन गरेको र नेपालको भूमि कुनै पनि मुलुकको विरुद्ध उपयोग गर्न नदिने बचनवद्धता प्रकट गरेको तथा दलाई लामाका विषयमा चीन निकै सम्वेदनशील भएको र सोही समयमा राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणमा रहेको सन्दर्भमा उक्त समाचार के कति कारणले नेपाली भाषामा अनुवाद भई राससको अन्तर्राष्ट्रिय सेवाबाट अंग्रेजी र नेपाली दुवै भाषामा सम्प्रेषण भएको हो स्पष्टिकरण दिन भनी पत्रमा उल्लेख गरिएको थियो । 

पत्रमा राससका बोर्ड सदस्य एवं छानविन समिति संयोजक दिल्लीराम भट्टराईको हस्ताक्षर भएकाले यो विषयलाई सरकारले गम्भीर रुपले हेरेको स्पष्ट भएको छ ।

यसैगरी सञ्चारमन्त्री बास्कोटाको निर्देशनमा चार सदस्यीय छानबिन समिति गठन भएको छ । सो समितिले तिनै जनालाई पत्र पठाएर स्पष्टिकरण समेत सोधेका थिए ।

उता सरकारलाई जवाफ दिँदै पत्रकारहरुले सरकारले एक चीन नीति दिए पनि अहिलेसम्म राससले समाचार राख्ने वा नराख्ने भन्नेबारे केही स्पष्ट गाइडलाइन नबनाइएका जवाफ दिएका छन् ।

राससले स्पष्ट गाइडलाइन नबनाउने तर दुःख दिने नियतले सञ्चारकर्मीहरुलाई यसरी पत्र थमाउनुलाई भने प्रेस स्वतन्त्रताको हनन् भएको बताइएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people N
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments