Incident Reports

गाउँपालिकामा ताला लगाएर स्थानीय आन्दोलित

2019-05-14

Province 1, Panchthar, Falgunanda

 पाँचथरको फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा घुर्बिसे पञ्चमीका स्थानीयले ताला लगाएका छन्। फाल्गुन्द ५ पञ्चमीमा अवस्थित गाउँपालिकाको कार्यालयमा स्थानीयले मंगलबार ताला लगाएका हुन्।

घुर्बिसे पञ्चमीबाट सेवा केन्द्र अन्यत्र सार्ने गाउँसभाको निर्णय विरुद्ध पञ्चमीवासी आन्दोलनमा उत्रिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल ति खत्रिले जानकारी दिए। सोमबार सम्पन्न गाउँसभाले फाल्गुनन्द गाउँपालिका ५ फाक्तेपको याम्पाबुडदेखि मुन्तिर र कोल्बुङदेखि मास्तिर हुनेगरी सेवा केन्द्र सार्ने निर्णय गरेको थियो।

सेवा केन्द्र पञ्चमीमै राख्नुपर्ने माग राख्दै पञ्चमी बजारका स्थानीय आन्दोलमा उत्रिएका हुन्। स्थानीय बिनोद कुमार आङ्देम्बेका अनुसार स्थानीयले बजार पसल बन्द गरेका छन्।पञ्चमी आसपासका शैक्षिक संस्था पनि बन्द गर्न आह्वान गरिएको छ।यातायात पनि बन्द गर्ने तयारी रहेको आङ्देम्बेले जानकारी दिए।

स्थानीयसवासीलाई आन्दोलन फिर्ता लिएर छलफलमा आउन गाउँपालिकाले पहल गरिरहेको गाउँपालिकाका कार्यबाहक अध्यक्ष देवित्रा आङ्देम्बेले जानकारी दिएकी छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Panchthar

0 Comments

Related Trend Analysis