Incident Reports

वैतडीमा प्रहरीको कुटपिटबाट वृद्धको मृत्यु भएको आरोप

2019-05-14

३१ वैशाख, वैतडी । वैतडीको पाटन-६, भकुडामा प्रहरीको कुटपिटबाट ६५ वर्षीय वृद्धको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । गएराति स्थानीय कमलकान्त पन्तको मृत्यु भएको थियो ।

महिलालाई हँसिया देखाएको आरोपमा पन्तका छोरा लवदेवलाई पक्राउ गर्न गएको प्रहरी टोलीले उनीमाथि कुटपिट गरेको थियो । जसको कारण उनको मृत्यु भएको दाबी स्थानीयको छ ।

प्रहरीमाथि अनुसन्धानको माग गर्दै स्थानीय र आफन्तले मृतक पन्तको शव उठाउन मानेका छैनन् ।

इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक इन्द्र गिरीले प्रहरीले वृद्धमाथि कुटपिट गरेको स्वीकारेका छन् ।

‘छोरालाई पक्राउ गर्न खोज्ने क्रममा अवरोध गरेपछि सामान्य लाठी र हातले एक झापड हानेको रहेछ’, उनले भने, ‘तर, प्रहरीको कुटाइबाट उनको मृत्यु भएको होइन ।’

पन्तको कसरी मृत्यु भयो भन्ने विषय पोष्टमार्टमपछि मात्रै खुल्छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डीएसपी नेत्रमणि गिरीले प्रहरीको कुटाइबाट पन्तको मृत्यु भएको देखिए दोषीमाथि कारबाही हुने आश्वसन दिए ।

‘सामान्य कुटपिट गरेको त्यहाँ गएको टोलीले स्वीकारिसकेको छ’, उनले अनलाइनखबरसँग भने, ‘थप कुरा पोष्टमार्टम भएपछि मात्रै भन्न सकिएला ।’

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी सुरज केसीले पनि घटनाको छानविन हुने बताउँदै दोषी देखिए कारबाही हुने जनाए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments