Incident Reports

पत्रकारमाथि कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2019-05-14

Karnali, Surkhet, Birendranagar, Ward 10

सुर्खेतबाट प्रकाशित हुने लोकमञ्च दैनिकका संवाददाता वीरेन्द्रनगर नपा–१० बस्ने २७ वर्षीय पुनम विसीलाई कुटपिट गरेको भन्दै वीरेन्द्रनगर नपा–१० का ३३ वर्षीय जनक राजी र ३५ वर्षीय नरबहादुर गुरुङविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा जेठ १ गते उजुरी दिएका छन् ।

वीरेन्द्रनगर नपा–१० स्थित एक होटलमा परिवार सहित जन्मदिन मनाइरहेका पत्रकार विसीलाई मदिरा सेवन गरी कुटपिट गर्ने राजी र गुरुङ्गलाई प्रहरीले जेठ १ गते गिरफ्तार गरेको छ ।

जन्मदिन मनाएर घर फर्कने क्रममा होटेलको काउन्टरमा आएर रकम तिर्न लाग्दा मदिरा सेवन गरेका राजी र गुरुङले पत्रकार विसीलाई निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट पत्रकार विसीको टाउको र दाहिने हातको कुइनोमा गम्भीर चोट लागेका कारण उनको उपचार स्थानीय देउती नर्सिङ्ग होममा उपचार भइरहेको छ ।

घटनाको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले राजी र गुरुङ्गले प्रयोग गरेको भे ८ प ७७५५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकललाई आधार मानेर घटनामा संलग्न दुवैलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।


दुर्गा थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments