Incident Reports

हत्या आरोपमा पाँच जना प्रहरीविरूद्ध उजुरी

2019-05-14

पाटन नगरपालिका–६ भकुडाका ७४ वर्षीय बृद्ध कमलाकान्त पन्तको प्रहरीको कुटाइबाट ज्यान गएको भन्दै आफन्तले पीडित परिवारले पाँच जना प्रहरीविरूद्ध जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

इलाका प्रहरी कार्यालय, पाटनका सई अशोकबहादुर पालको नेतृत्वमा खटिएको टोलीले वैशाख ३० गते साँझ पन्तको घरमै गएर कुटपिट गरी हत्या गरेको पारिवारको आरोप छ ।

मृतकका छोरा प्रकाशकुमार पन्तले घटनामा संलग्न इलाका प्रहरी कार्यालय, पाटनमा कार्यरत सई अशोकबहादुर पाल, प्रहरी हवल्दारद्वय ज्ञानसिंह धामी र टुकराम राना, प्रहरी जवान दानसिंह भण्डारी र भुपेन्द्र महराविरूद्ध उजुरी दिएका हुन् ।

प्रहरीले नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएपछि प्रहरीमाथि हत्याको आरोप लगाइएको हो ।

स्थानीय व्यपारी शान्ति पन्तलाई वैशाख ३० गते राति मृतक पन्तका ४० वर्षीय छोरा लवदेव पन्तले मदिरा सेवन गरी कुटपिट गरेको जानकारी प्रहरीलाई प्राप्त भएपछि सुरक्षाका लागि राति नै सई पालको नेतृत्वमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नेत्रमणी गिरीले बताए ।

महिला कुटपिट गरेको आरोपमा पन्तलाई गिरफ्तार गर्न खोज्दा कमलाकान्त पन्तले अवरोध गरेपछि प्रहरीले समान्य धकेल्नुका साथै एउटा लाठी मात्रै प्रहार भएको र कुनै गम्भीर प्रकारको चोट नलागेको बुझिन आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गिरीले बताए ।

हत्या आरोप लागेका प्रहरीमाथि अनुसन्धान सुरू गरिएको र के कारणले मृत्यु भएको हो भन्ने बारेमा थप परीक्षणका लागि नमूना प्रहरी विधिविज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गिरीले बताए । प्रहरीविरूद्ध उजुरी दर्तापछि शवको पोष्टमार्टम वैशाख १ गते नै गरिएको थियो ।


नरी बडु

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments