Incident Reports

उपमेयरको चालकले पत्रकार यादवलाइ गरे दुर्व्यवहार

2019-05-15

Madhes, Rautahat, Gaur

गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरका सवारी चालक राम शरण ठाकुरले नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य तथा जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकाका जिल्ला संवाददाता राकेश कुमार यादव लाइ उपमेयरको विरोधमा किन समाचार लेखेको भन्दै अभद्र व्यव्हार गर्नुको साथै ज्यान मार्ने धमकी दिएका छन ।

संघीय प्रेस फोरम नेपाल प्रादेशिक समिति प्रदेश २ को कोषाध्यक्ष समेत रहेका यादवलाइ बैशाख ३० गते सोमवार राति करीव साढ़े ९ बजेको समयमा गौर नगरपालिका वड़ा नम्बर ५ स्थित बरहवा रोडमा पान पसल अगाडी सार्वजानिक बाटोमा चालक ठाकुरले गाली गलौज गर्दै अभद्र व्यव्हार गरेको हो ।

नियमित कामकाज गरी घर जादै गरेको संचारकर्मी यादवलाइ उपमेयर ठाकुरको चालकले यस्तो कार्य गरेको हो ।

पान पसल अगाडी पान खानको लागि बसेको अवस्थामा मोटरसाइकलमा आएका चालक ठाकुरले मेरो उपमेयरको विरुद्धमा किन लेखिरहेको भन्दै गाली गर्नुको साटो गौरमा प्रवेश गर्न नदिने गरे मारपीट गर्ने भनी धमकी दिएको संचारकर्मी यादवले बताएका छन । उपमेयरको विरुद्धमा समाचार नलेखेको भएपनि यस्तो धमकी दिएको पत्रकार यादवले बताए। 

सामाजिक संजाल फेसबुकमा निर्माण भैरहेको बृद्धा आश्रमको भवनमा होर्डिंग बोर्ड नलगाइएको , गौर नगरपालिकाबाट भवन निर्माणको स्वीकृति नलिएको लेखेको निहुमा उपमेयर ठाकुरले आफ्नो चालकलाइ परिचालन गरेर यस्तो गराएको पत्रकार यादवले आरोप लगाएका छन । चालक ठाकुर केहि महीना अगाडी पुरेन्वामा भएको मारपीटको मुख्य योजनाकार भएपनि उपमेयर ठाकुरले संरक्षण गरेको छ ।  

मारपीटमा गंभीर घाइते भएको बेदामी साहको उपचारको क्रममा मृत्यु भएपछि चालक ठाकुरले उल्टो व्यान गर्दै उहाको भाई राम आधार ठाकुर कर्तव्य मुद्दाको अभियुक्त बनाइएको स्थानीयहरुले बताएका छन । अभियुक्त अहिले फरार रहेका छन ।

उपप्रमुख ठाकुरले मैले गाली गलौज गर्न लाइ चालक ठाकुरलाइ परिचालन नगरेको प्रतिक्रिया दिएका छन ! पत्रकार माथि भएको घटना निन्दनीय रहेको बताउँदै चालक ठाकुरले भावनामा आएर गल्ती गरेको स्वीकार गरेको छ ।

विगत केहि समय देखि संचारमाध्यम तथा संचारकर्मी माथि समाचारको विषय लिएर पटक पटक आक्रमण भएपनि कार्यवाही नभएकोले यस्ता घटनामा बृद्धि हुदै गएको छ । स्रोत्र-यो सबै घटना बारे पीडित पत्रकार राकेश यादव आफै बताएका छन ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments