Incident Reports

विभिन्न हातहतियार सहित पक्राउ

2019-05-17

Lumbini, Rolpa, Lungri, Ward 1

लुन्ग्री गाउँपालिका-१ ऐप भन्ने स्थानबाट कटुवा पेस्तोल १ थान, थ्रीनटथ्री राईफलको गोली १४ राउण्ड, गोली ११ राउण्ड, सकेट बम १ थान र खुकुरी १ थान सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका बस्ने ४२ वर्षीय धन बहादुर खत्री, थवाङ गाउँपालिका-२ बस्ने ५२ वर्षीय जय बहादुर रोका र लुङग्री गाउँपालिका-२ बस्ने ४२ वर्षीय भुपेन्द्र खडका रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments