Incident Reports

समाचार लेखिएको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की

2019-05-20

Karnali, Kalikot, Naraharinath, Ward 9

नरहरिनाथ गाउँपालिका–९ का ३५ वर्षीय पत्रकार रमेश रावललाई सोही गाउँपालिका–८ का २८ वर्षीय विकास विष्टले मार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् ।

गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टका छोरा समेत रहेका विष्टले पत्रकार रावललाई शुक्रबार बेलुका ६ बजेपछि भाडामा दिइन्छ सरकारी गाडी शीर्षकको समाचार थाहा खबर अनलाइनमा छापेको भन्दै जेठ ६ गते फोन गरेर मार्ने धम्की दिएको पीडित पत्रकार रावलको आरोप छ ।

मोबाइल नम्बर ९८४३६५४२१७ बाट फोन गरी विष्टले रावलको समाचार लेखेकाले मार्ने धम्की दिएको पत्रकार रावलले बताए ।

गाउँपालिकाको गाडी दुरूपयोग गरेको भन्ने बारेमा वैशाख २० गते समाचार लेखेको आधारमा अध्यक्षका छोराले आफूलाई फोन गरी ज्यान मार्ने धम्की दिएको पत्रकार रावलले बताएका छन् ।

यसबेला सरकार र सत्ता आफ्नै पार्टीको भएकाले जुनसुकै बेला पनि मार्न सक्ने भन्दै विष्टले धम्की दिएको पीडितको आरोप छ ।

धम्कीपछि पत्रकार रावलले जेठ ६ गते नै सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय, कालिकोटमा निवेदन दिएका छन् ।

निवेदन अनुसार घटनाको छानबिन गरी दोषीउपर कारवाही गर्ने कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

घटनाका आरोपित विष्टले आरोप स्वीकार्दै पत्रकारले गलत समाचार लेखेका कारण आफूले धम्की दिएको प्रतिक्रिया दिएका थिए ।


कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC

0 Comments