Incident Reports

दलितमाथि उपमेयरको छोराद्वारा आक्रमण

2019-04-15

Madhes, Siraha, Sukhipur, Ward 8

प्रदेश नम्बर २ सिरहको सुखिपुर नगरपालिकाको(न्याय समितिको अध्यक्ष ) उपमेयरको छोराले आफ्नो आमाको पदिय मर्यादाको दुरुपयोग गरेको छन । सुखीपुर नगरपालिका वडा नम्बर ८ बसने (उपमेयरको श्रीमान) लक्ष्मण साह तेलीका ३५ वर्षिय छोरा अनिल कुमार साह र करिब ३२ वर्षिय कान्छो छोरा विभेश कुमार साहले स्थानिय बेचन दास तत्मामाथि हातपात गरेका छन् ।

फर्निचरको काम गर्ने लक्ष्मण साह तेलीले समयमा झ्याल ढोका बनाएर नदिएको कारणले उनकै ग्राहक (पिडित)ले गुनासो गर्दा आफुलाई त्यसो भन्न कसरी आँट गरेको भन्दै बोलाएर तत्मालाई कुटपिट गरेका छन् । पीडित तत्माको अनुसार लक्ष्मण साह तेलीले भने( मलाई चिन्दैनौ म को हुँ यस नगरपालिकाको ? मसँग बोल्ने तिम्रो औकात छैन । पीडितको यो पनि आरोप छ कि लक्ष्मण साह आफ्नो पत्नीको पदिय मर्यादाको दुरुपयोग गरेको छ।

पीडित बेचन दास तत्माद्वारा गरिएको पत्रकार सम्मेलनमा उनले भने कि उपमेयरको दुईटै छोराहरु र श्रीमानले बेला बेला दादागिरी गरेपनि नेपाल प्रहरी मुकदर्शक बनेर बसेका छन्। उल्टै उनैलाई संरक्षण दिन्छन्।

पीडितले जानकारी दिए अनुसार घटना लगतै उनी स्थानीय ईलाका प्रहरी कार्यालयमा निवेदन दिन गए तर त्यहाँको प्रहरी ईन्चार्ज ले निवेदन दर्ता गर्नुको सट्टा उपमेयर सङ्ग आर्थिक सेट्टिङ गर्न थाले । बारम्बार प्रहरीले बेवास्ता गरेपछी पीडित तत्मा पत्रकार सम्मेलन गरि न्यायको लागि गुहारेका छन्।

तत्माले पत्रकार सम्मेलनमा एउटा हृदयस्पर्शी प्रश्न तेर्साएका छन( यदि न्यायीक समिति के अध्यक्षद्वारा नै अन्याय भोग्नु पर्यो भन्ने हामी जस्तो गरिब दलित आखिर न्यायको खोजीमा जाने कहाँ ?

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Reports