Incident Reports

प्रहरीको लाठीचार्जबाट वडाध्यक्ष घाइते,चौकी तनावग्रस्त

2019-05-23

Sudurpashchim, Kanchanpur, Punarbas, Ward 11

कञ्चनपुरको पुनर्वास नगरपालिका -११ का वडाध्यक्ष तुलसी अर्याल विहिबार बेलुका प्रहरी चौकीमा भएको झडपमा घाइते भएका छन । वडा नम्बर ११ मा पर्ने पचकडिया प्रहरी चौकीमा बालविवाहको घटनामा विवाद चर्किएपछी प्रहरीले स्थानीयसंगै वडाअध्यक्ष माथि लाठीचार्ज गरेको थियो ।

वडाअध्यक्षसंगै घाइते हुनेहरुमा स्थानीयहरु दलि धामी, प्रदिप सिंह र रमेश सिंह रहेका छन । घाइतेहरु मध्ये वडाअध्यक्ष अर्याललाई सबैभन्दा धेरै चोट लागेको छ । वडाअध्यक्ष अर्यालको टाउकोमा चोट देखिएपछि सिटिस्क्यानका लागि धनगढी लगिएको छ ।

वडा नम्बर ११ का १७ बर्षिय रोशन विकले पुनर्वास नगरपालिका वडा नम्बर ३ की १४ बर्षिय पुष्पा तामाङलाई भगाएर बिहे गरेको बिषयमा विवाद चर्किएको थियो ।

विहिबार बेलुका राति १० बजे सम्म विवाद चर्किएपछि ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक कर्ण बहादुर बमले अन्धाधुन्ध लाठीचार्ज गराएका हुन । स्थानीयका अनुसार प्रहरी निरीक्षक बम मदिरा सेवन गरि घटनास्थान पुगेका थिए ।

स्थानीयहरुले अहिले प्रहरी चौकीमा टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments