Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-05-24

Bagmati, Makawanpur, Thaha, Ward 4

थाहा नगरपालिका-४ रुक्से बस्ने ३२ वर्षीय कृष्णबहादुर थिङलाई भरुवा बन्दुक १ थान, खुँडा १ थान र खुकुरी २ थान सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई घरमा लुकाई छिपाई राखेको उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments