Incident Reports

बालबालिकाको विवादको विषयलाई लिएर अभिभावकबाट कक्षाकोठामै विद्यार्थी कुटिए

2019-05-24

Karnali, Salyan, Darma, Ward 6

दार्मा गाउँपालिका-६ स्थित ज्यामिरेमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्रहरू सात वर्षीय समीर बिक र कक्षा २ मा अध्ययनरत् सात वर्षीय खिमबहादुर बिकलाई अभिभावकले कक्षाकोठामै गएर कुटपिट गरेका छन् ।

सोही विद्यालयमा बाल विकासमा अध्ययनरत चार वर्षीय छोरा लक्ष्मण पाण्डेलाई कुटपिट गर्नुका साथै धम्की दिएको भन्दै आमा जानकी बस्नेत पाण्डेले कक्षाकोठामै गएर उनीहरूलाई कुटपिट गरेको पीडित समिरका बुवा मनोहर बिकले इन्सेकलाई जानकारी दिए ।

घटनाबारे थाहा पाएपछि विद्यालयमा बुझ्न खोज्दा विद्यालयका प्रधानाध्यापक भक्तबहादुर चन्दले विद्यालयमा घटना भएको बताउँदै घटनाका बारेमा छलफल गरिरहेको जानकारी दिए ।

कुटिएका दुई बालक र बालविकासमा अध्ययनरत बालक पाण्डेबिच केही दिनअघि झगडा भएकोमा बिकद्वयले आफ्नो छोरालाई कुटेको भन्दै पाण्डेले कक्षाकोठामै गएर दुईजना बालकलाई कुटेकी थिइन् ।

त्यसपछि विद्यालय प्रशासनले औषधि उपचार गर्ने सहमतिमा दुवै पक्षलाई मेलमिलाप गराएको भएपनि पाण्डेले जेठ १० गते पुनः विद्यालयमै पुगेर दुई बालकलाई कुटेको प्रधानाध्यापक चन्दले बताए ।

'केही दिन पहिले तीनै जनाबिच केही विवाद हुँदा दुई जना छात्र मिलेर लक्ष्मणलाई कुटेछन् ।'-प्रधानाध्यापक चन्दले भने-'हामीले यस विषयमा बुझ्न नपाउँदै लक्ष्मणकी आमा आएर कक्षा कोठामै गएर बालकलाई कुट्नुभएछ ।' एकपटक मिलेको घटनामा अभिभावक विद्यालयमा आएर फेरि कुटपिट गरेर बल्झाएको प्रधानाध्यापक चन्दले बताए ।

कुटपिटपछि टाउको, अनुहार र ढाडमा सामान्य चोट लागेका पीडितको उपचार सोही दिन श्रीनगरस्थित एक मेडिकलमा गरिएको उनको भनाई छ ।

दुवै पक्षबीच छलफल गर्ने प्रयास गरिरहेको र पीडित पक्षले कुनै निकायमा उजुरी नदिएको विद्यालय प्रशासनले जनाएको छ ।



मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
INSEC

0 Comments