Incident Reports

कृषि विश्वविद्यालयमा पढाई ठप्प

2019-04-04

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा , एक महिनादेखि विद्यार्थीहरूले पढ्न पाएका छैनन् ।

कहिले राजनैतिक उतार चढाव त, कहिले प्राध्यापकलाई कालोमोसो लगाउने जस्ता हर्कतले एक महिनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि संकायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि त्यसको विरोधमा प्राध्यापक संघले तालाबन्दी गरेपछि विश्वविद्यालयमा पढाई ठप्प भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालो मोसो दल्ने विद्यार्थीहरूलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघले आन्दोलन जारी राखेको छ । प्राध्यापकहरूले मुख्य कार्यालयमा तालाबन्दी गरेका छन् । सहायक डिन ओझालाई कालो मोसो दलेको भन्दै विश्वविद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीलाई दुई महिनाका लागि निष्काशन गरिएको छ । त्यस लगत्तै अनेरास्ववियले विश्वविद्यालयमा तालाबन्दी गरेको थियो । कोलाक्षपतिका अनुसार अनेरास्ववियूले तालाबन्दी दुई दिन अघि खोलेकोभए पनि प्राध्यापक संघले कारवाही कमजोर भएको भन्दै आन्दोलन जारी राखे पछि पठन पाठन सहित विश्वविद्यालयको काम कारवाही ठप्प भएको छ । राजनीतिक दल र प्राध्यापक संघसँग नियमित छलफल भइरहेको भए पनि निकास निस्कन नसकेको उहाँले बताउनु भयो ।

विश्वविद्यालयमा विगत एक वर्षदेखि विभिन्न आन्दोलनका कारण पठनपाठन र काम प्रभावित हुँदै आएको छ । गएको असार  २० गते निजी क्याम्पसहरूलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकहरूले आन्दोलन जारी राख्दा विश्वविद्यालय प्रभावित बनेको छ । यसै क्रममा कालोमोसो प्रकरण थपिएपछि विश्वविद्यालय अस्तव्यस्त बनेको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 30 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments