Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2019-05-30

Madhes, Rautahat, Ishanath, Ward 4

रौतहट, १४ जेठ  ईशनाथ नगरपालिका-४ ठुलो लत्मरीबाट कटुवा पेस्तोल १ थान सहित रौतहट परोहा नगरपालिका-९ बसनपट्टी बस्ने अन्दाजी ४५ वर्षीय छोटेलाल साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरीले साहलाई जाँच गर्ने क्रममा उक्त पेस्तोल, ल्यापटप १ थान, पेन्ड्राईभ २ थान, नेपाली नगद ५ हजार २ सय ५० रुपैयाँ, भारतीय नगद ४ हजार १ सय रुपैयाँ, मोबाइल १ थान, चक्कु १ थान, पेचकस १ थान लगायतका सामान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Police website , Local Newspaper - Mahottari , Local Newspaper - Parsa

0 Comments