Incident Reports

प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षको आरोप

2019-05-26

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 12

कर्तव्य ज्यान मुद्दाको उजुरी प्रहरीले लिन नमानेको भन्दै पीडित पक्षले सहयोगको माग गर्र्दै अधिकारकर्मी तथ इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाललाई जेठ १७ गते लिखित निवेदन दिएर सहयोग गर्न आग्रह गरेका छन् ।

जेठ १२ गते सन्धिखर्क नगरपालिका–१२ का ३३ वर्षीय विक्रम केसी सोही ठाउँको एक होटलमा मदिरा सेवन गरेको सुनेपछि लिन पुगेका विक्रमका बाबु काशिराज केसीले छोराको मुखबाट फिँज र रगत समेत आएको हुँदा प्रहरीको सल्लाह अनुसार थप उपचारको लागि प्रहरीकै सवारी साधनमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको लागि लगिएको पीडित पक्षले जनाएको छ ।

घटना निकै शंकास्पद भएको हुँदा घटनाको बारेमा आवश्यक अनुसन्धानका लागि प्रहरीमा लिखित उजुरी दिँदासमेत प्रहरीले वास्ता नगरेको पीडितका ज्वाइँ श्रीधर महत्राले जानकारी दिए ।

उनले भने–‘घटनाको बारेमा उजुरी दिन गएको घटनाका शङ्कास्पद व्याक्तिहरूको नाम नै किटानी गरेर उजुरी दिँदासमेत घटनाका सवुत प्रमाणहरू नभएकोले मुद्दा दर्ता गर्न नसिकने भन्दै फर्काइदिए ।’

पीडितको उपचार जिल्ला अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

घटनाको उजुरी नलिएको भन्दा पनि घटना केही प्रमाण खुलेपछि मुद्दा दर्ता गरौँला भनेको हो । घटनाको अनुसन्धान भइरहेको छ । केही प्रमाण खुलेको अवस्थामा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भिरजङ्ग थापाले जानकारी दिए ।


नारायण भुसाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments