Incident Reports

पत्रकार आक्रमण घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-06-03

Province 1, Sunsari, Dharan

धरान उपमहानगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका धनकुटा जिल्ला धनकुटा नपा–१ निवासी दिलबहादुर राईमाथि आक्रमण भएको छ ।

जेठ २१ गते राति डिबिआर अनलाइन टिभी च्यानलको कार्यालयमा नै राईमाथि आक्रमण भएको हो । टाउकोमा ६ टाँका लगाउनु पर्ने गरी घाइते भएका सञ्चारकर्मी दिलबहादुर राईले प्रहरीमा जेठ २२ गते उजुरी दिएका छन् । उनीमाथि कार्यालयमा नै आक्रमण गरेको आरोपमा १७ वर्षीय बालकविरूद्ध उजुरी दिइएको हो ।

आरोपित बालकले पीडित पत्रकारको टाउकोमा ढुङ्गा प्रहार गरेका थिए । घाइते सञ्चारकर्मी राईले अभद्र व्यवहारको मुद्दामा उजुरी दिएको र सुरक्षाको माग पनि गरेकोले सोही अनुसार व्यवस्था गर्ने इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

उजुरी दिन नेपाल पत्रकार महासङ्घ सुनसरीको टोली नै इलाका प्रहरी कार्यालय धरानमा गएको थियो । सो क्रममा सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कडा कारबाही गर्न महासङ्घका अध्यक्ष अमर खड्काले आग्रह गरेका थिए ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
INSEC , Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments