Incident Reports

उदयपुरमा टिपरको ठक्‍करबाट दुईको मृत्यु, सडकमा शव राखेर प्रदर्शन

2019-06-19

Province 1, Udayapur, Chaudandigadhi, Ward 7

उदयपुरमा टिपरको ठक्‍करबाट बुधबार दुईजनाको घटनास्थलमा ज्यान गएको छ। जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिका ७ लाटीखोला भुल्केमा बिहान ११ बजे स.४.प.३६१ नम्बरको मोटरसाइकललाई बा.२.प.७०९ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो।

मदनभण्डारी लोकमार्ग निर्माणका लागि खटिएको टिफरले बसाहाबाट बेल्टारतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्‍कर दिँदा मोटरसाइकलमा सवार सोही नपाको वडा नं ४ बसाहाका  ४६ वर्षीय खगेन्द्र राई र ४५ वर्षीय जीवनकुमार साम्पाङ्गको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए।

घटनालगत्तै चालक फरार रहेका छन् भने टिफरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि स्थानीयले लोकमार्ग अवरुद्ध गरेका छन्। स्थानीयले टिफरको ज्या‍दती भएको भन्दै टिपर आतंक रोक्न माग गर्दै शव सडकमै राखी प्रर्दशन गरिरहेको स्थानीय प्रभुबाबु बस्नेतले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments