Incident Reports

पत्रकार बस्नेतमाथि सांघातिक हमला, टाउकोमा गम्भीर चोट

2019-06-20

Bagmati, Bhaktapur, Madhyapur Thimi

काठमाडौं : पत्रकार दिनेश बस्नेतमाथि सांघातिक हमला भएको बताइएको छ । सल्लेरी खबरडटकमका समाचार सम्पादक दिनेश बस्नेतमाथि समाचारको क्रममा भक्तपुरको लोकन्थलीमा सांघातिक हमला भएको अनलाईनका प्रबन्धक सुदर्शन बुढाथोकीले बताएका हुन् ।

बुढाथोकीले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी गराएका हुन् । साथै उनले घटनाको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।

असार ५ गते समाचार संकलनका क्रममा बस्नेतमाथि स्थानीय एक समूहले सांघातिक हमला गरेको बताइएको छ । आक्रमणबाट बस्नेतको टाउकोमा गम्भीर चोट लागेको छ । साथै शरीरका अन्य भागमा पनि चाेट लागेकाे छ ।

घटनापछि काठमाडौंस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अनलाईन मिडियाका प्रवन्ध निर्देशक सुदर्शन बुढाथोकीका अनुसार पत्रकार बस्नेतमाथि आक्रामण गर्नेमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तर अन्य केही व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको उनले बताए । बुढाथोकीका अनुसार उनीसँग सांघातिक आक्रमणको अडियो रेकर्ड समेत सुरक्षित छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments