Incident Reports

वडा अध्यक्षको नेतृत्वको टोलीले नेकपा कार्यकर्तालाई कुटपिट गरेको आरोप

2019-06-23

Karnali, Dolpa, Tripurasundari, Ward 9

त्रिपुरासुन्दरी नगरपालिका–१० का ३७ वर्षीय विभाकर पहाडी सोही वडाका वडाध्यक्ष रणबहादुर धरालाको नेतृत्वको २० जनाको समूहले कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ ।

असार ६ गते त्रिपुरासुन्दरी नगरपालिका–९ चुँगाड हुँदै लिकु भएर जुम्ला जोड्ने मोटरबाटो निर्माण गर्ने क्रममा विषयमा विवाद हुँदा धरलाको नेतृत्वमा आएको उक्त समूहले कुटपिट गर्दा पहाडी घाइते भएका हुन् ।

कुटपिटबाट पहाडीको बायाँ गोडा भाँच्चिएको छ । आफूहरूले खनिरहेको मोटरबाटोको भुक्तानी जनताले नपाइरहेको अवस्थामा पहाडीले विकासको नाममा आएको बजेटले डोजर खरिद गरेर जनतालाई सडक खनेको रकम नै नदिई डोजर हाल्न खोजेपछि आफ्नो नेतृत्वमा जनताले कारवाही गरेको अध्यक्ष धरलाले बताए । घाइते पहाडीलाई उपचारको लागि असार ७ गते नेपालगञ्ज लगिएको छ ।


विष्णुप्रसाद देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments