Incident Reports

हडतालले फोहोर उठेन

2019-06-20

Madhes, Saptari, Rajbiraj

राजविराज — सफाई कर्मचारीको हडतालका कारण पछिल्लो दुईदिन यता राजविराज नगरपालिकाको फोहोर उठन सकेको छैन । फोहोर नउठ्दा राजविराजको मेनरोडमा जत्रतत्र फोहोर थुप्रिएको छ भने गल्लीहरू पनि फोहोरले भरिएका छन् । सर्वसाधारणका घरमा पनि फोहोर थुप्रिएको छ ।मुलुककै पुरानो नगरपालिका मध्येको एक सप्तरी सदरमुकाम राजविराज नगरपालिकाका सडकमा जताततै फोहोरको थुप्रो देखिएपछि दुर्गन्ध समेत फैलिएको छ । राजविराज नगरपालिकाको करार सेवामा रहेका सरसफाई कर्मचारी काम रोक्दै हडतालमा उत्रिएपछि फोहोरको थुप्रो लागेको हो । राजविराज नगरपालिकाको सबभन्दा प्रमुख चुनौतीका रूपमा फोहोर बिर्सजनको समस्या हो । नगरपालिकाको आफनो व्यवस्थित ल्याण्डफिल साइड समेत छैन । नगरपालिकाले सफाइ कर्मचारीहरूलाई वडा तहकै मातहतमा रहेर काम गर्न निर्देशन गरेपछि सफाई कर्मचारी आन्दोलनमा गएका हुन् । नगरपालिका कार्यालयकै मातहतमा रहेर सफाई कर्मचारीले काम गर्दा वडास्तरबाट सफाई नभएको भन्दै गुनासो आएपछि सफाई कार्यलाई थप व्यवस्थित गर्नका लागि सफाई कर्मचारीलाई वडा तहमै रहेर काम गर्ने नीति लिएको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले बताए । ‘आफ्नो वडा भएको क्षेत्रभित्र सम्बन्धित वडामा खटिएका सफाई कर्मचारीले सफा गर्ने गरी व्यवस्थापन मिलाएका छौं,’ मेयर यादवले भने, ‘त्यसरी गर्दा सानो क्षेत्रमा ती सफाई कर्मचारीले व्यवस्थित तरिकाले सफाई गर्ने र गुनासो पनि कम हुनेछ ।’ नगरपालिकाले सफाई कर्मचारीलाई काममा फर्कन आग्रह गरे पनि उनीहरू मंगलबारसम्म फर्किएका छैनन् । ‘नगरपालिकाले करारमा राखेका कर्मचारीलाई नगरपालिकाको नीति अनुसार काम गर्नुपर्ने हुन्छ,’ मेयर यादबले थपे, ‘काममा फर्किन आग्रह गरेका छौं, वैकल्पिक व्यवस्थाबारे पनि नगरपालिकाले सोच्दैछ ।’ सफाई कर्मचारी वडा तहमा जानतयार छैनन् । उनीहरूले नगरपालिका कार्यालय मातहत नै रहेर काम गर्ने अडानमाछन् । नगरपालिकाको मातहतमा काम गरे प्रयाप्त अनुगमनको अभावमा थोरै काम गरे पनि पुग्ने तर वडा तहमा गए कडाईका साथ काम लिने भएकाले सफाई कर्मचारी वडा तहमा जान नमानेको नगरपालिका कार्यालयको बुझाई छ । नेपालमै पहिलो पटक टाउन प्लानिङ गरी बसाइएको राजविराज नगर क्षेत्रको यो अवस्थाले स्थानीय चिन्तत भएका छन् । राजविराज नगरपालिकामा दैनिक १० टन फोहोर उत्पादन हुने गरेको छ । जस मध्ये दैनिक बढीमा पाँच टनसम्म फोहोर मात्र नगरपालिकाले सफाई गर्न भ्याएको छ । नगरपालिकाका मुल सडक मात्र होइन्, घरघरको फोहोर व्यवस्थापन गर्न पनि नगरपालिका सक्षम हुन सकेको छैन । नगरको प्रमुख समस्याको रूपमा रहेको फोहोर बिर्सजनका लागि दीर्घकालीन नीति बनाइरहेको नगरप्रमुख यादवले बताए । प्रकाशित : असार ५, २०७६ १०:११सिरहा — गर्मीयामसँगै सिरहाको दक्षिणवर्ती लक्ष्मीपुर पतारी गाउँपालिका ४ धन्छबारस्थित हरूवा चरुवा परिवारका दलित बस्तीमा खानेपानी समस्या सुरु भएको छ । गाउँ ब्लक र ऐलानी जग्गामा बसोबास गर्दै आइरहेको धन्छबारमा दुई सय घरपरिवार दलित सदाय मुसहर, दास र राम समुदायको बस्ती छ । दुई सय घर परिवारको बसोबास भएको बस्तीको मुसहरीमा केदार सदाय मुसहर, रामचन्द्र र सुवरन सदाय मुसहरको घरमा मात्र टयूवेल (चापाकल) छ । त्यसैगरी राम र दास टोलीमा ८ वटा टयुवेल छन् ।बस्तीमा जडान एक दर्जन टयुवेलले दुई सय घर परिवारलाई जसोतसो पानी धान्दैआएपनि यसपटक पानी सुक्न थालेपछि उनीहरू पिरोलिएका हुन । बस्तीका अधिकांश अरूको घरमा हरूवा चरुवा र कृषि मजदुरीमा खटेर गुजारा चलाउँछन् ।‘४५ घरपरिवार बसोबास रहेको मुसहरी टोलमा जम्मा ३ ट्युवेलबाट पालो बसेर पानी प्रयोग गर्दै आएका थियौं’ धन्छबार हरूवा चरुवा दलित बस्तीकी पचियादेवी सदाय मुसहरले भनिन्, ‘त्यत्ति घरपरिवारले पानी लिन पनि घण्टौं लाइन लाग्नुपर्थ्यौ, चैतदेखि त्यो ट्युवेलमा समेत पानी सुक्न थालेपछि झन समस्या बढेको छ ।’ दलित दास तत्मा र चमार बस्तीमा पनि न्यून जडान गरिएको टयुवेलमा पानी सुक्न थालेपछि समस्या थपिएको छ ।‘भाडा वर्तन, लत्ता कपडा, नुहाउन सार्वजनिक र अरूको निजी पोखरी प्रयोग गरेपनि खानेपानीका लागि टयुवेलकैं पानी चाहिन्छ,’ दलित राम (चमार) बस्तीकी सुकनीदेवी रामले भनिन्, ‘पीउने पानीको जोहो गर्न समस्या भएकाले भाडा वर्तन, लत्ता कपडा र नुहाउन समेत पोखरीको धमिलो पानी प्रयोग गर्न बाध्य भएका छौं ।’ दिनभरी जनमजदुरीमा खटेर जसोतसो गुजारा चलाए पनि खानेपानी समस्याले थप पिरोलिएको सुकनीदेवीले गुनासो गरिन । बस्तीमा खानेपानीका लागि ट्युवेलको व्यवस्था गरिदिन गाउँका नेताहरूलाई आग्रह गरे पनि हरूवा चरुवा र त्यसमाथि दलित र आफूहरूलाई गरिबीकैं कारण सुनुवाई नभएको उनीहरूको दुःखेसो छ । उनीहरूका अनुसार एउटा ट्युवेल जडान गर्न न्यूनतम ३५ देखि ४० हजार रुपैयाँसम्म लागत लाग्छ । जिल्लामा हरूवा चरुवा सशक्तिकरणका लागि काम गरिरहेको संस्था सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले धन्छबार हरूवा चरुवा दलित बस्तीमा खानेपानीको समस्या रहेको बताउँदै खानेपानीका लागि टयुवेल जडान गर्न संस्थाले वडा कार्यालय र प्रदेश सरकारसमक्ष पहल गरिरहेको जानकारी दिए । लक्ष्मीपुर पतारी गाउँपालिका ४ का वडाध्यक्ष विद्यानन्द साह सुडीले धन्छबार दलित बस्तीमा खानेपानीका लागि टयुवेल अभाव रहेकाले सामुदायिक विकास मञ्चको साझेदारीमा वडा कार्यालयबाट टयुवेल जडानका लागि पहल भइरहेको बताए ।प्रकाशित : असार ५, २०७६ १०:०९

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments