Incident Reports

मुआब्जा रकम न्यायपुर्ण नभएको भन्दै धर्ना

2019-06-01

Madhes, Sarlahi, Malangawa

सर्लाहीका स्थानीय तथा संघिय संसदले पनि विधुतीय रेलमार्ग आयोजनाले जग्गा अधिग्रहण गर्दा तोकेको मुआब्जा रकम न्यायपूर्ण नभएको भएको भन्दै जिल्ला प्रसाशन कार्यालय सर्लाहीमा धर्ना दिएका छन् । आन्दोलित किसान तथा जग्गाधनीहरुले अहिलेको जग्गा पुनरावलोकन गरि समय सापेक्ष उचित मुआब्जा कायम गर्नुपर्ने , जग्गा भोगचलनको आधारमा मुआब्जा कायम गर्नुपर्ने आदि माग राखेर जिप्रका अगाडी शनिबार धर्ना दिएका हुन् ।  

प्रसाशन आगाडी धर्ना दिन लालबन्दी, हरिवन र बागमती नगरपालिका अग्यात ठाउँबाट किसानहरु सदरमुकाम मलंगवा आएका थिए । २५ लाख रुपैयाँ प्रति कट्ठामा बिक्रि भईरहेको जग्गालाई सरकारी मुल्यांकन अनुसार १० लाख रुपैयाँ मुआब्जा तोकेपछि किसानहरु आन्दोलित भएका हुन् । यता जग्गाधनीले राखेका मागका सम्बन्धमा आफुँले सक्दो पहल गरिरहेको र माथिल्लो निकायमा जानकारी राखेको मुआब्जा निर्धारण समित सर्लाहीका संयोजक प्रजीअ द्रोण पोखरेलले जनाएका छन् ।







Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of private land
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
Local Newspaper - Dhanusha

0 Comments