Incident Reports

माओवादी इन्चार्जसहित दश जना रिहा

2013-11-24

Madhes, Saptari, Mahadeva

एरिया इन्चार्ज एंव अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य प्रसवनी गाविस-३ का ३३ वर्षीय बच्चेलाल सरदार, दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भगवतपुर गाविस-३ का ३५ वर्षीय फरेबी सदा, राजविराज नपा-७ बाट गिरफ्तारीमा परेका राज्य समिति सदस्य एंव नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष सिम्राहा सिंग्यौन गाविस-४ का ४० वर्षीय भोलाप्रसाद यादव निर्वाचन प्रकृया सकिएपछि सिडिओ हरिकृष्ण पौडेलको आदेशले रिहा भएका हुन् । यसैगरी, मङ्सिर ४ गते विहान ४ बजे हर्दिया गाविस-७ स्थित गाविस भवन नजिकबाट गिरफ्तार गरिएका एमाओवादी राज्य समितिका संयोजक एंव वाइसिएलका जिल्ला संयोजक हर्दिया गाविस-७ कमलपुरका २८ वर्षीय शिवकुमार राम, वाईसीएलका केन्द्रीय सदस्य प्रिपा पश्चिम गाविस-७ का २४ वर्षीय अखिलेश झा, वाईसीएलका पूर्व जिल्ला सदस्य हर्दिया गाविस-७ का २८ वर्षीय श्यामसुन्दर महतो, होटल व्यवसायी सिरहा जिल्ला लहान नपा-३ का आशिष झा, कपडा पसले हर्दिया गाविस-१ का ३६ वर्षीय गोपाल बस्नेत, हर्दिया गाविस-७ कमलपुरका २४ वर्षीय रामबाबु यादव पनि रिहा भएका छन् । आशिष, गोपाल र रामबाबुले संविधानसभाको निर्वाचनमा मतदान प्रकृयाबाट बञ्चित हुनुपरेकोमा दुख प्रकट गरे । प्रमुख जिल्ला अधिकारी पौडेलले निर्वाचनको समयमा भएको निर्वाचन विरोधी गतिविधिको आरोपमा उनिहरूलाई गिरफ्तार गर्नुपरेको र निर्वाचन सकिएपश्चात पुस ७ गतेको साधारण तारेख दिएर रिहा गरिएको बताए । मनोहरकुमार पोखरेल

0 Comments