Incident Reports

अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप

2019-06-24

अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव सिर्जना भएको छ । बङ्गलाचुलीगाउँपालिका–७ सिरुखर्ककी ४९ वर्षीय भिमी सारुको उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो ।मृतकका आफन्तले श्ययाबाट शव उठाएका छैनन् ।

बिरामीको ज्यानै जानेगरी भएको अस्पतालमा लापरवाही गर्ने चिकित्सकलाई  कारवाही हुनुपर्ने माग गर्दै आफन्तले अस्पताल परिसरमा बसेर विरोध जनाएका छन् । काँपेर ज्वरो आउने, पखाला लाग्ने र पिसाबमा समेत समस्या देखिएपछि शनिबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । तर बिरामी गएरातिदेखि झन् सिकिस्त भएपछि उपचारका लागि कुनै स्वास्थ्यकर्मीले चासो नदेखाएर बिरामीको मृत्यु भएको मृतकका श्रीमान् टीकाराम सारुले बताए । उनका अनुसार गएराति १ बजे पिसाब बन्द भएको थियो ।

तर त्यहाँ कार्यरत नर्सले चासो नदिएको र चिकित्सकसमेत नआएपछि आज बिहान ८ बजे बिरामीको मृत्यु भएको मृतकका श्रीमान् सारुले जानकारी दिए । अस्पतालका डा जीतनारायण यादवले पखालासँगै बिरामीको रक्तचाप कम भएका कारण मृत्यु भएको बताए । उनले भने, ‘बिरामीको मिर्गौलामा समस्या देखिएको थियो । पखाला लाग्ने र रक्तचाप पनि कम भएका कारण मृत्यु भएको हुन सक्छ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments