2019-06-24
काठमाडौं - गुठी विधेयक फिर्ता नभई खारेज गर्नुपर्ने माग राखेर विभिन्न गुठीयार संरक्षणकर्मीहरुले आन्दोलन गर्दै विरोध जुलुस निकालेका छन् ।सरकारले प्रक्रियागत ढंगले गुठी विधेयक फिर्ता लिन लागे पनि विधेयक खारेज गर्नुपर्ने माग राखेर संरक्षणकर्मीहरु सडकमा उत्रिएका हुन् ।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनमा नेवाः राजनीतिक अभियान, लाखे आजु जात्रा व्यावस्थापन समाजलगायत विभिन्न गुठीयार संघसंस्थाका संरक्षणकर्मीहरुले सोमबार गुठी विधेयक खारेजीको माग राखेर विरोध जुलुस निकालेका हुन् । धर्मपथबाट सुरु भएको ¥याली रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सुन्धारा, भोटाहिटी, खिचापोखरीलगायत ठाउँमा परिक्रमा गरेको थियो । सरकारले ल्याएको गुठी विधेयकको चौतर्फी विरोध भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गत मंगलबार पत्रकार सम्मेलन गरी गुठी विधेयक फिर्ता लिने निर्णय सार्वजनिक गरेकी थिइन् । विधेयक मंगलबार फिर्ता लिने सरकारको तयारी छ ।
भूमी मन्त्रीले विवादित गुठी विधेयक फिर्ता लिएको घोषण गरे पनि चित्तबुज्दो नभएको भन्दै गुठीयार संरक्षणकर्मीहरुले आन्दोलनमा छन् । विरोध जुसुसका क्रममा प्रस्तावित गुठी विधेयक जलाइएको थियो । सरकारले गुठी विधेयक फिर्ता लिएर जनतालाई भ्रम सिर्जना गरेको भन्दै विभिन्न गुठियार संघसंस्थाका संरक्षणकर्मीहरुले तत्काल गुठी विधेयक खारेज गर्नुपर्ने माग राखेका छन् ।
संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले गुठी विधेयक फिर्ता नभई खारेजीको माग राखेर सरकारलाई खबरदारी गर्दै विरोध जुलुस निकालेको बताए । ‘सरकारले गुठी विधेयक फिर्ता लिएको भनेर सबै जनतामा भ्रम फैलाएको छ,’ उनले भने, ‘अझै फिर्ता लिएको छैन । फिर्ता लिए पनि त्यो हाम्रो माग होइन । खारेज नै हुनुुपर्छ ।
सरकारले खारेज गरेर संशोधन नगरेसम्म खबरदारीका लागि आन्दोलन जारी रहन्छ । पहिचान र संस्कृति कसैले मास्न पाउँदैन ।’ उनका अनुसार सरकारले ल्याएको उक्त विधेयक खारेज गरेर विज्ञसगँ छलफल गरेर पूर्न लेखन गर्नुपर्छ । गुठीबाटै सम्पूर्ण धर्म, संस्कारहरु गरिन्छ । गुठीकै कारणले मछिन्द्रनाथ जात्रा, पर्व, पूजा लगायत प्राचिन सम्पदाको संरक्षण भएको छ । सरकारले गुठी हटायो भने सबै रैथाने कला, धर्म, संस्कृति, पहिचान, ऐतिहासिक धरोहरका मठमन्दिर र जग्गा मासिने उनी बताउँछन् ।
सरकारले गुठी विधेयक ल्याएर नेवाः समुदायको धर्म संस्कृतिमाथि अतिक्रमण गरेकाले तत्काल गुठी विधेयक खारेज गर्नुपर्ने नेवा राजनीतिक अभियान कार्यसमितिका सदस्य उमेश श्रेष्ठले बताए । ‘सरकारले गुठी विधेयक फिर्ता लिएको भनेर भ्रम फैलाए पनि फेरी प्रक्रियागत रुपले फिर्ता ल्याउन लागेको छ । फिर्ता ल्याएर हुँदैन यो विधेयक तत्काल खारेज हुनुपर्छ,’ उनले भने, ‘गुठी हाम्रो सभ्यता हो । विधेयक ल्याएर धर्म, संस्कृति, कलालाई हस्तक्षेप गर्न खोजेको छ । जनताविरोधी विधेयक हामीलाई मान्ने छैन । सरकारले संस्कृति संरक्षण गर्नुको सट्टा उल्टै मास्न लागेको छ ।’ सरकारले भूमाफियालाई फाइदा पु¥याउनको लागि गुठी विधेयक ल्याएको संरक्षणकर्मीहरुको आरोप छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Access/control of public land |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD