Incident Reports

नवलपुरका युवाहरूले एनसेलको सिम जलाए

2019-04-24

दूरसञ्चार सेवा प्रदायक कम्पनीमध्ये निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी एनसेलआक्जियटाले नेपाल सरकारलाई ४० अर्बभन्दा बढी राजश्व बुझाउन आलटाल गर्न थालेको आरोपमा नवलपरासी (सुस्तापूर्व) को सदरमुकाम कावासोतीमा नाराबाजी गर्दै एनसेलको सिम जलाइएको छ । बुधबार कावासोतीमा जम्मा भएका १२ जना युवाले एनसेल बहिष्कार अभियान सुरू गरेको भन्दै सिम जलाएका हुन् । उनीहरूले नो ट्याक्स, नो एनसेल, एनसेल बहिष्कार गरौ लेखिएको कार्डबोर्ड समेत बोकेका थिए ।

एनसेलले कर तिर्नुपर्छ भनेर सर्वोच्च अदालतले निर्णय गरेपछि नेपाल सरकार ठूला करदाता कार्यालयले ७ दिनभित्र झन्डै ४० अर्ब रुपैयाँ कर रकम चुक्ता गर्न एनसेललाई पत्र लेखेको थियो । ७ दिन पुग्ने दिन एनसेलले सर्वोच्च अदालतमा अर्को मुद्दा दायर गरेको छ ।

एनसेलले खुरुक्क कर नतिरेर अर्को मुद्दा दायर गर्नुको अर्थ उक्त कम्पनीको कर नतिर्ने मनसाय प्रष्ट भएकोले एनसेल बहिष्कार अभियान चलाइएको सिम आगजनीमा सहभागी कावासोतीका युवाहरूको भनाइ छ । उनीहरूले एनसेलको सिम बहिष्कार गर्न सार्वजनिक आह्वान गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons Fire
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments