Incident Reports

अण्डा उत्पादक किसानले लगाए संघको कार्यालयमा ताला

2019-04-25

Bagmati, Chitawan, Bharatpur

अण्डा उत्पादक किसानहरूले बिहीबार नारायणगढमा रहेको नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।

संघले अण्डाको मूल्यमा अस्वाभाविक रूपमा मूल्य घटाएको भन्दै पछिल्लो चरणको आन्दोलन स्वरूप उनीहरूले तालाबन्दी गरेका हुन् । उनीहरूले संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलको कुर्ची समेत तोडफोड गरेका छन् ।

विचौलियाको साँठगाठमा उत्पादक संघ लागेको आरोप लगाउँदै किसानहरू आन्दोलनमा उत्रेका छन् । अण्डाको लागत मूल्य पनि नउठ्ने भएपछि आन्दोलनको विकल्प नभएको उनीहरूले बताएका छन् । विभिन्न प्लेकार्डसहित उनीहरूले भरतपुरको लायन्सचोकबाट पुलचोकहुँदै संघको केन्द्रीय कार्यालयसम्म विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूले अर्थहीन अण्डा संघ खारेज गर, पदाधिकारीले राजीनामा दे, अण्डाको मूल्य बृद्धि गर, तत्काल साधारण सभा आव्हान गर लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए । अझै पनि आफ्नो मागको सुनुवाई नभए चरणबद्ध सशक्त आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् । आन्दोलनमा २ सय जनाभन्दा बढी किसानको सहभागिता रहेको थियो ।

पश्चिम चितवन अण्डा उत्पादक किसान समूहको आयोजनामा उनीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । यसअघि उनीहरूले सरोकारवाला निकायमा ध्यानाकर्षण गराउँदा मूल्य समायोजन नभएपछि संघका पदाधिकारीको राजीनामा समेत मागेका छन् । घटेको मूल्यलाई समायोजन गर्न पुष्पकमल दाहाल प्रचण्ड सहित जनप्रतिनिधिहरूलाई समेत ध्यानाकर्षण गरिएको पश्चिम चितवन अण्डा उत्पादक किसान समूहका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । विचौलियाको चलखेल बन्द गर्दै किसानको लागत मूल्य उठ्ने गरी मूल्य निर्धारण गर्नु पर्ने माग राखेका थिए ।

संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले हाल अण्डाको लागत मूल्य प्रतिगोटा १० रूपैयाँ पर्ने भए पनि ६ रूपैयाँ ६६ पैसामा समेत बिक्री गर्न कठिन भएको बताउनु

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Labor organization, trade unions and other organizations based on economic demands
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments