Incident Reports

वडा अध्यक्षद्वारा कुटिए प्राविधिक, कामकाज ठप्प

2019-06-24

Bagmati, Ramechhap, Sunapati, Ward 2

सुनापति गाउँपालिका २ का सवओभरसियर हिमाल खड्कालाई वडाअध्यक्ष कमल केसीले कुटपीट गरेपछि प्राविधिकहरुले सोमबारदेखि कामकाज ठप्प पारेका छन् ।

वडाअध्यक्ष माथि एक हप्ताभित्र कानुनी कारबाही सुरु नगरे जिल्लाभरिकै प्राविधिक आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवन तर्फका असिष्टेन्ट सव इञ्जिनियर वझाङका खड्कामाथि वडाअध्यक्ष केसीले आइतबार साँझ होटलमा खाना खाइरहेको बेला कुटपीट गरेका थिए । वडाको लेटरप्याडको दुरुपयोग गरी पुनर्निर्माणसम्बन्धी सूचना जारी गरेकाले झापड हानेको वडाध्यक्ष केसीले बताएका छन् ।

३ वर्षदेखि सो वडामा कार्यरत खड्कामाथि वडाअध्यक्षले पटक पटक दुर्वेवहार गरेको प्राविधिक खड्काले बताए । घटनापछि जिल्ला सदरमुकाम मन्थलीमा जम्मा भएका प्राविधिहरुले सोमबार रामेछापका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

ज्ञापनपत्र बुझाएपछि पुनर्निर्माण प्राधिकरण प्रविधिक सञ्जालले पत्रकार सम्मेलन गरी वडाअध्यक्ष केसीमाथि कारबाही गर्न माग गरेको छ । संयोजक अरविन्दकुमार महतोद्वारा जारी विज्ञप्तिमा प्रशासनले दोषीलाई ७ दिनभित्र कारबाही नगरे रामेछाप जिल्लाका सबै स्थानीय निकायको पुनर्निर्माणका कामाकाज ठप्प पार्ने चेतावनी दिइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments