Incident Reports

धरानमा पेस्तोल र गोलीसहित दुई लुटेरा समातिए

2019-06-27

Province 1, Sunsari, Dharan

धरान आसपासका क्षेत्रमा हतियार देखाएर लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले हतियार र गोली सहित पक्राउ गरेको छ। बुधवार राति इलाका प्रहरी कार्यालय धरानले दुई पेस्तोल,२६ राउन्ड गोली सहत हतियारधारी समूहका दुई लुटेरालाई पक्राउ गरेको हो।

१५ दिन अगाडि उनीहरूले धरान उपमहानगरपालिका ५ स्थित साउनेमा गोली प्रहार जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली हानी गम्भीर घाइते बनाई  ४ लाख १० हजार नगद लुटेका थिए।

पक्राउ परेका दुबै जनलाई प्रहरीले इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनाद पोखरेलले बताए। अनुसन्धानमा बाधा पुग्ने भन्दै पक्राउ परेकाहरूको नाम गोप्य राखिएको उनले बताए। अनुसन्धान सकिएपछि पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गर्ने तयारी छ।

धरानमा हतियारधारी समूहले मर्निङवाकमा हिँडिरहेका महिलाहरूको गलामा लगाएको सुनको सिक्री लुट्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई गोली प्रहार गरी लुटपाट गर्ने गर्न थालेपछि स्थानीय त्रसित भएका छन्।

National/Online Media

0 Comments