Incident Reports

बजेटमा असन्तुष्ट वडाध्यक्षहरूले लगाए पोखरा महानगरको गेटमा ताला (भिडियो)

2019-06-27

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा : पोखरा महानगरपालिकाका वडाध्यक्ष वार्षिक बजेटको विषयमा असन्तुष्ट जनाउँदै आन्दोनमा उत्रेका छन्। कांग्रेस निकट जनप्रतिनिधिले बिहीबार महानगरपालिकाका मेयरले बजेट समानुपातिक नभएको भन्दै आन्दोलनमा उत्रेका हुन्।

वडाध्यक्षहरूले बिहीवार महानगरपालिकामा ताला लगाएर धर्ना दिएका छन्। महानगरले पाँचौ नगर सभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेड बुक) र मेयर मानबहादुर जिसीको अभिव्यक्ति सच्याउनु पर्ने उनीहरूले माग छ।

नगरसभाको चौंथो दिन बुधबार महानगरले रेडबुक प्रस्तुत गरेको थियो। उक्त रेडबुकमाथि छलफल नै नभइ पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जिसीले धम्कीपूर्ण अभिव्यक्ति दिएको पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङले आरोप लगाए।

पोखरा महानगरका मेयर मानबहादुर जिसीका सामु ११ वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फ्यालेका हुन्। बजेट वडास्तरीय आएपनि नगरस्तरीय नआएको उनीहरूको आरोप छ। ‘बजेट पूरै केन्द्रिकृत रुपमा आएको छ। महानगरले पनि आफ्नो बजेट एकलौंटी रुपमा वडालाई नदिएर आफूलेमात्रै राखेर हुन्छ,’ उनले भने।

‘कुनै वडामा अत्याधिक धेरै छ। कुनै वडामा अत्यन्तै न्यून छ,’ वडाध्यक्ष लामिछानेले भने, ‘विषयगत रुपमा बजेट ल्याउँछौं भनेर भनेर सबै बजेट पूर्वाधारमा थुपारिएको छ।’ उनले पोखरा वडा नम्बर १६, १७, २४, १८९ लगायतका वडामा अध्याधिक बजेट परेको दाबी गरे। सबैभन्दा बढी राजश्व उठ्ने ठाउँलाई पनि बजेटलाई उपेक्षा गरिएको उनको आरोप थियो।

बुधबारको नगरसभा बैठकमा कांग्रेस निकट वडाध्यक्षले बजेट विनियोजन असमानजक भएको भन्दै रेडबुक च्यातेका थिए। पोखरा ४ शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफा फालेका थिए। नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए। पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको हो।

हेर्नुस् विरोधको भिडियोः

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments