Incident Reports

सिंचाई विकास डिभिजन कार्यालय प्रमुखलाई मोसो दलेर दुर्व्यवहार

2019-06-27

सिंचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तवलाई असार १२ गते सत्तारुढ नेकपा समर्थित युवाहरूले कार्यालयमै मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले श्रीवास्तवलाई कार्यालयबाटै असार १२ गते दिउँसो गिरफ्तार गरेको थियो । गिरफ्तार भएका श्रीवास्तवलाई नेकपा समर्थित युवाहरूले कार्यालयमै मोसो दलेका थिए ।

श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा २ लाख रुपियाँ कमिशन माग गरेको आरोपमा गिरफ्तारीमा परेका थिए ।

उनले कमिशन बापत लिएको २ लाख रुपियाँ घूस रकम भान्सामा रहेको चामलको बोरामा लुकाएर राखेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले फेला पारेको जनाएको छ ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Extra-judicial response to crime
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
INSEC

0 Comments