Incident Reports

आइफामा सरकारी लगानीविरुद्ध विरोध प्रदर्शन

2019-06-30

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । निजी क्षेत्रको तर्फबाट गरिने भारतीय चलचत्रि महोत्वसव आइफाको खर्चपर्चको व्ययभार समेत आफ्नै थाप्लोमा बोक्दै सरकारले नेपालमा प्रायोजन र आयोजन गर्ने भएपछि त्यसको व्यापक विरोध हुन थालेको छ ।पर्यटन विकासको नाममा राज्यकोषबाट करिब करिब एक अरब खर्च गर्ने गरी सो कार्यक्रम आयोजन गर्नु हुँदैन भन्ने आवाज चर्को रुपमा उठ्न थालेको छ ।यसै मेसोमा नेकपा मसाल निकट अखिल (छैठौं)ले असार १५ गते बेलुकी ५ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । साँस्कृति साम्राज्यवाद– मुर्दाबाद ! भन्दै आयोजना गरिन लागिएको सो विरोध प्रदर्शनलाई राजमोका अध्यक्ष चित्रबहादुर केसी, अभिनेता नवल खड्का, चलचित्र निर्देशक विमल पौडेल र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले सम्बोधन गर्ने जानकारी दिइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments