Incident Reports

ताप्लेजुङमा १० थान भरुवा बन्दुक बरामद

2019-04-19

ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले १० थान भरुवा बन्दुक बरामिद गरेको छ। मंगलवार प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका-१ सावादिन जंगलमा बेवारिसे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला पारेको जनाएको छ।

यस्तै सोही दिन दिउँसो प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका-१ को जंगलमा लुकाई राखेको १ नाल, इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका-२ फूलवारी स्थित ओडारे जंगलमा २ नाल, इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले श्रीजंगा गाउँपालिका ३, कुन्जरीमा लुकाई राखेको ३ नाल बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।यस्तै सोही गाउँपालिकाको सिकैचा बस्ने तुलाराम काम्बाङले १ नाल लाइसेन्स सहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको ताप्लेजुङ प्रहरीले जनाएको छ।पछिल्लो पटक नेत्रविक्रम चन्द ‘विप्लब' समूहको गतिविधिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले इजाजतविनामा हतियार बुझाउन तथा नबुझाए जफत गरिने जनाएको छ।

0 Comments