Incident Reports

सर्लाही गोलीकाण्ड : मृत्युको विरोधमा मसाल जुलुस

2019-07-02

Madhes, Sarlahi, Ishworpur

प्रहरीको गाेली लागेर सरोज नारायण महतोको मृत्यु भएको विरोधमा ईश्वरपुर नगरपालिकामा मंगलबार साँझ मसाल जुलुस प्रदर्शन भएको छ । 

गत आइतवार सर्लाहीको बाँके जङ्गलमा प्रहरीको गोली लागेर मृत्यु भएका सरोज र श्रीनगरस्थित बाँकेको खोलको खाल्डोमा डुबेर १२ वर्षीय अमित रायको ज्यान गएपछि स्थानीय आन्दोलित भएका हुन् ।  प्रतिनिधिसभा सदस्य प्रमोद साह र प्रदेशसभा सदस्य उपेन्द्र महतोको उपस्थितमा स्थानीयले मसाल जुलुस प्रदर्शन गरेका हुन् । 

स्थानीयले मृतकलाई सहिद घोषण गर्नुपर्ने, खोलामा भैरहेको अवैध दोहन रोक्नुपर्ने, गिट्टी बालुवा निकाल्दा बनेको खाल्डो पुर्नुपर्ने, बस्ती नजिक सञ्चालित क्रसर उद्योग बन्द गर्नुपर्ने, गोली काण्डको निष्पक्ष छानबिन गरिनुपर्ने, मृतक परिवारका एकजनालाई रोजगारी दिनुपर्ने, बाल बच्चालाई शिक्षा स्वास्थ्यलगायतको उचित व्यवस्था गरिनुपर्ने, घाइतेको उपचारका लागि राज्यले औषधिखर्चको व्यवास्था गर्नुपर्ने लगायतको माग स्थानीयले अगाडि सारेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha

0 Comments