Incident Reports

मदिरा सेवनको आरोपमा प्रहरीको निर्घात कुटपिट !

2019-07-01

Karnali, Mugu, Khatyad

मुगु : खत्याड गाउँपालिकको एक काष्ठ उद्योगमा कार्यरत दुई मजदुरमाथि प्रहरीले  निर्घात कुटपिट गरेको छ।  खत्याड गाउँपालिका-९ का ३० वर्षीय टक्क भण्डारी र सोही गाउँपालिका-४ का २९ वर्षीय तिलक रोकायाले मदिरा सेवन गरेकै आरोप प्रहरीले निर्घात कुटपिट गरेको हो। 

गाउँपालिकाको अस्थाई सदरमुकाममा रहेको माथिचौर अस्थाई प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितको भनाइ छ। काम सकेर साँझ मदिरा सेवनपछि सोमबार साँझ टक्क भण्डारी नजिकैको पसलमा चुरोट किन्न गएका थिए। उनको पसलमा चुरोट किन्न जाँदा स्थानीय युवासँग सामान्य विवाद भएको थियो। 

मदिरा पिएर विवाद गरेको नाममा प्रहरीले नियन्त्रणमा लिएर लाठी, बुट, मुक्काले हानेको पीडित भण्डारीले बताए। खत्याड गाउँपालिकाले आफनो सबै वडामा मदिरा निषेध गरेको छ। 

मदिरा सेवन गर्ने र विक्री वितरण गर्नेलाई गाउँपालिकाले चार-चार हजार जरिवाना तोकेको छ। प्रहरीले नियन्त्रणमा लिएर नियम अनुसार जरिवाना गर्नुको साटो निर्घात कुटपिट गरेकोप्रति खत्याड गाउँपालिका ७ का वडा सदस्य अनन्तराज घोडासैनीले आपत्ति जनाए। ‘यो प्रहरीको कारबाही प्रक्रिया आपत्तिजनक छ’, उनले भने।

प्रहरीले भण्डारीलाई १६ गते पक्राउ गरेको थियो। भने उनका साथी रोकायलाई १७ गते पक्राउ गरेको हो। दुवैजनालाई प्रहरीले निर्घात कुटपिट गरेको छ। निर्घात कुटपिटपछि प्रहरीले चार-चार हजार जरिवाना गर्ने कागजपत्रसमेत गराएको पीडित भण्डारीले बताए। उपचार खर्च अभावमा पीडित  दुवैजना घरमै बसेका छन्। 

  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments