Incident Reports

नगरबस माग्दै नगरपालिका घेराउ

2019-07-02

१८ असार, डडेल्धुरा । नगरबसको माग गर्दै डडेल्धुराको अमरगढी नगरपालिकाका स्थानीय आन्दोलित भएका छन् । नगरबस नहुँदा सदरमुकाम आउन–जान सास्ती हुने गरेको भन्दै वडा नम्बर १० मा पर्ने राई गाउँ तथा वडा नम्बर ११ मा पर्ने पर्ने लिटरी गाउँ र सल्लाघारीका बासिन्दाले आन्दोलन गरेका हुन् ।

डडेल्धुरा सदरमुकामबाट ११ देखि १८ किलोमिटरको दुरीमा रहेका दुवै वडाबासीहरुले मंगलबार अमरगढी नगपालिका कार्यालय अगाडि प्रदर्शन गरे । प्रदर्शनमा सहभागी वडा नम्बर ११ की गोमतीदेवी बोहराले भनिन्, ‘दोब्बर भाडा दिन्छु भन्दासमेत गाडीले रोक्दैनन् । विरामीहरुलाई झन् समस्या छ । हामीलाई एउटा नगरबस र एउटा एम्बुलेन्स चाहियो–चाहियो ।’

पटकपटक वडामार्फत नगरपालिकासँग नगरबस माग गरे पनि सुनुवाइ नभएको आन्दोलनकारीको गुनासो छ । यस पटक पनि मागको सुनुवाइ नभए चरणबद्ध आन्दोलन थाल्ने उनीहरुले चेतावनी दिएका छन् ।

अमरगढी नगरपालिका वडा नम्बर १० राईका सुरत बोहरा भन्छन्, ‘केही गाडीवालाले महङ्गो शुल्क लिने अनि बीच बाटोमै झारीदिने गर्दछन् । गत वर्ष पनि वडादेखि नगरपालिकासम्म बुझाएको ज्ञापनपत्रको सुनुवाइ भएन ।’ गाउँमा एकजना बिरामी भएमा एक हजार रुपैयाँसम्म तिरेर अस्पताल आउनुपर्ने बाध्यता सुनाउँदै उनले भने, ‘हाम्रो माग जसरी पनि पूरा हुनुपर्छ ।’

वडा नम्बर ११ को कार्यालयले नगरबसका विषयमा अमरगढीको कार्यपालिकामा पटकपटक प्रस्ताव लगे पनि पारित नगरेको बताएको छ । ‘स्थानीयले अमरगढी नगरपालिकामा जनप्रतिनिधि आउनासाथ नगरबसको माग गरेका थिए,’ अमरगढी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सूर्यप्रकाश खड्का भन्छन्, ‘मैले पटक–पटक कार्यापालिका बैठकमा मौखिक र लिखित रुपमा नगरबसको प्रस्ताव राखेँ, तर कुनै सुनुवाई भएन ।’

उनले भने, ‘आज कार्यपालिकाको बैठक बस्ने थाहा पाएर स्थानीय आफ्नो माग पूरा गराउन नगरपालिका घेराउ गर्न आएका हुन्, अबको बैठकले नगरबसको बारेमा निर्णय गरोस् ।’

नगरबस नहुँदा स्थानीयले चाहिएको समयमा गाडी नपाउने समस्या भोगिरहेका छन् । त्यसमाथी यात्रुबाहक साधनले उनीहरुबाट मनपरी भाडा लिने गर्दछन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments