Incident Reports

वडाध्यक्षले नै कार्यालयमा ताला लगाए

2019-05-27

Province 1, Bhojpur, Ramprasad Rai, Ward 1

एक वडाअध्यक्षले जनप्रतिनिधिको चरित्र हत्या गरेको भन्दै वडा कार्यालय बन्द गरेका छन्। रामप्रसाद राई गाउँपालिका वडा १ ओखेमा एक योजनाबारे जनताले जवाफ खोजेपछि त्यहाँका वडाध्यक्षले ३ दिनदेखि वडा कार्यालय बन्द गराएका छन् ।

जेठ ५ गते को दिन सप्तमी बजारमा आयोजना गरिएको जनजातिको झाँकी प्रदर्शनी विषयमा पारदर्शिताको कुरा उठाउँदा वडाध्यक्ष सहदेव राईले वडा कार्यालयको बैठकको निर्णयअनुसार भन्दै सुचना निकालेर कार्यालय बैठक निर्णय अनुसार गरेर काम ठप्प पारेका हुन।  

झाँकी प्रदर्शनीका लागि १ लाख रूपैयाँ विनियोजन भएकामा प्रतिस्पर्धामा थोरै समूह मात्र सहभागिता भएकाले पुरस्कार कति खर्च लाग्यो भनेर गाउँलेले जनप्रतिनिधिलाई प्रश्न गरेको स्थानीय जोगेन्द्र किरातीले जानकारी दिनुभयो । झाँकी प्रदर्शनीमा ९ वटा टिम सहभागी भएका थिए । तर, वडाअध्यक्ष सहदेव राईले १५ टिम सहभागी भएको दाबी गरेका छन् । वडाअध्यक्ष राईले सूचनामा कार्यक्रम भव्य रूपमा गरेको भएपनि बेलुका मादक पदार्थ सेवन गरेर जनप्रतिनिधिहरूलाई गाली तथा आरोप लगाएकाले चरित्र हत्या गरेको उल्लेख गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments