Incident Reports

समाचार सङ्कलनमा गएका पत्रकारलाई कुटपिट

2019-07-03

Karnali, Surkhet, Birendranagar

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको कार्यालयमा समाचार सङ्कलनका लागि पुगेका देउती एचडी टेलिभिजनमा कार्यरत ३५ वर्षीय बुद्धिसिहं ठकुरी, २४ वर्षीय नवराज रोकाय र क्यामरापर्सन २३ वर्षीय भीम परियारलाई सो संस्थाका पदाधिकारी र कर्मचारीहरूले हातपात गर्नुको साथै अपशब्द बोली दुर्व्यवहार गरेको पीडितहरूले आरोप लगाएका छन् ।

सो संस्थाले असार १४ गते कर्मचारी आवश्यकताका लागि विज्ञापन प्रकाशन गरेको विवादको बारेमा रिर्पोटिङ गर्न गएका पत्रकारहरूलाई संस्थाका पदाधिकारी र कर्मचारीहरूले असार १८ गते हातपात गर्नुको साथै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

रिपोर्टिङका लागि आएका पत्रकारहरूसँग विवादको विषय अदालतमा गइसकेकोले केही भन्न नमिल्ने भनी फकार्एको र हातपात तथा अपशब्द बोली दुर्व्यवहारको घटना नभएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटाले बताए ।

नेपाल पत्रकार महासङ्घ, सुर्खेत शाखाले असार १८ गते नै एक प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्सर्ना गर्दै घटनाले प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको र आगामी दिनमा यस्ता प्रकारका घटना नदोहोर्‍याई नागरिकले सूचना पाउने अधिकारबाट वञ्चित नगराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको उल्लेख गरेको छ ।

दुर्गा थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
INSEC

0 Comments