Incident Reports

नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितको आरोप

2019-07-04

Lumbini, Nawalparasi West, Sarawal, Ward 6

सरावल गाउँपालिका–६, नौडिहवा निवासी ६३ वर्षीय तुफानी चौधरीलाई सोही ठाउँमा रहेको प्रहरी चौकीका इन्चार्ज असई रामसिंह क्षेत्री र प्रहरी हवलदार तइमुल्लाह धोवीले गिरफ्तार गरी कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा घाउ जाँचको माग गर्दै पीडित पक्षले उजुरी दिएका छन् ।

निज चौधरीलाई छिमेकी कोइली चमार र रामग्राम नपा–२ बस्ने सोहनप्रसाद तेलीको जग्गासम्बन्धी उजुरीको विषयलाई लिएर असार १९ गते दिउँसो घरबाटै गिरफ्तार गरी कुटपिट गर्दा पीडित घाइते भएका छन् ।

घाइतेको उपचार स्थानीय मेडिकल प्राथमिक उपचार गराई थप उपचार पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले तुफानीका छोरा सशस्त्र प्रहरीको जवान भएको र उनले चौकीका स्टाफमाथि हातपात गरेको भनी उजुरी आएकोले पूर्ण रूपमा अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।


नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments