Incident Reports

नगरपालिकाका कर्मचारीमाथि सेवाग्राहीबाट कुटपिट

2019-07-09

Karnali, Jajarkot, Chhedagad

छेडागाड नगरपालिकाका सव-इन्जिनियर २७ वर्षीय भुपेन्द्र खत्रीमाथि छेडागाड नपा-१० का २९ वर्षीय नविन खड्काले कार्यकक्षमै कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

नगरपालिकाको प्राविधिक शाखामा काम गरिरहेका सव-इन्जिनियर खत्रीमाथि असार २४ गते खड्काले हातपात गरेको पीडित पक्षको आरोप छ ।

पीडितका अनुसार आरोपित खड्काले उनीमाथि हातपात गर्नुका साथै काम गरिरहेको ल्यापटपमा समेत क्षति पुर्‍याएका छन् ।

घटनामा संलग्नमाथि कारवाहीको लागि प्रशासनसँग माग गर्दै छेडागाड नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूले संयुक्त रूपमा विज्ञप्ति समेत जारी गरेका छन् ।

कर्मचारीहरूको सामूहिक हस्ताक्षर रहेको विज्ञप्तिमा कर्मचारीहरूको जीउ, धन तथा पेशागत अधिकार सुरक्षाको सुनिश्चितता माग गर्दै आरोपितलाई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।

पीडित पक्षका अनुसार काम गरिरहेका सवइन्जिनियर खत्रीलाई खड्काले आफ्नो तरकारी फर्मको प्राविधिक कागजात तयार गर्न भन्दा खत्रीले 'तपाईँको काम पछि गर्छु भनेपछि घटना भएको थियो ।


दिनेशकुमार श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments