Incident Reports

उपाध्यक्षको नेतृत्वमा गाउँपालिकामा तालाबन्दी

2019-03-25

Madhes, Dhanusha, Aaurahi

धनुषा जिल्लाको औरही गाउँपालिका कार्यालयमा उपाध्यक्ष को नेतृत्वमा अनिश्चितकालिन तालावन्दी भएको छ । गाउँपालिकाकी उपाध्यक्ष मिरादेवी सहनीको नेतृत्वमा मंगलवार कार्यालयमा तालाबन्दी गरिएको हो । आर्थिक वर्ष २०७५/०७६ को वजेट विनियोजनमा कर्मचारी र अध्यक्ष ब्रम्हदेव यादवले मनोमानी गर्न खोजेपछि तालावन्दी गरिएको गाउँपालिकाकाकी उपाध्यक्ष मिरा देवी सहनीले बताएकी छिन । उपाध्यक्ष सहनीका अनुसार गाउँपालिकामा ६ वटा वडा रहेकोमा गाउँपालिका स्तरिय वजेट वितरणमा गाउँपालिकाका अध्यक्षले मनोमानी गर्दै अनियमीत तरिकाले आफुखुसी वजेट वितरण गरेका छन् । 

गाउँपालिका स्तरिय वजेट वितरणमा उपाध्यक्षको पनि अधिकार रहेको तर अध्यक्ष ब्रम्हदेव यादवले उपाध्यक्षसंग कुनै परामर्श समेत नगरि आफखसी वजेट वितरण गरेर टेण्डर प्रक्रियालाई अगाडी बढाएपछि  उपाध्यक्ष सहनीको नेतृत्वमा गाउँपालिकाका वडा नम्बर २, ४, ५ र ६ का वडाअध्यक्षहरुले संयुक्तरुपमा तालावन्दी गरेको वडा नं ५ का अध्यक्ष परमेश्वर कुमार मण्डलले बताएका छन् । गाउँपालिकामा रहेको ६ वटा वडामा अध्यक्षले अनियमीत तरिकाले गरेको वजेट विनियोजनलाई छलफल मार्फत टुंग्याउन पटकपटक आग्रह गरेपनि अध्यक्षले नटेरेको वडा अध्यक्ष मण्डलको आरोप रहेको छ । उनले तालावन्दीलाई पनि अध्यक्षले सुनवाई नगरे अदालती प्रक्रियामा जाने चेतावनी समेत दिएका छन्। उपाध्यक्ष सहनीका अनुसार अध्यक्ष यादवलाई योजना सम्वन्धमा आफुसंग पनि छलफल गर्न पटकपटक आग्रहग पनि महिला भएकै कारण आफुलाई अपहेलित गर्दै आएको बताईन ।

यता, स्रोतले जनाए अनुसार अध्यक्ष यादवले गाउँपालिकाको वडा नं १ मा १ करोड ५९ लाख ,वडा नं. २ मा १ करोड ६ लाख, वडा नं. ३ मा १ करोड ४ लाख, वडा नं. ४ मा ८० लाख, वडा नं. ५ मा ८० लाख र वडा नं. ६ मा ८० लाख विनियोजन गरेको छ । अध्यक्ष यादवले ८० लाख बजेट मात्र पाउने वडाहरु नेकपाबाट जितेका वडाअध्यक्षहरु छन भने वडा नं १ र ३ मा कांग्रेसले जितेको थिए । त्यसैगरि वडा नं २ मा राजपाले जितेका थिए । यता वडा नम्बर ४,५ र ६ का अध्यक्षहरुले आफुहरु नेकपा भएकै कारण हेपेको आरोप लगाएका छन । गाउँपालिका अध्यक्ष कांग्रेसबाट विजयी भएका छन । गाउँपालिकाका अध्यक्षले यस भन्दा पहिले गाउँपालिकाका ६ वटै वडामा वडास्तरिय वजेट अन्तर्गत ४५ लाख वजेट वितरण गरिसकेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Mahottari

0 Comments