Incident Reports

उपचारमा लापरवाही भएको भन्दै विरोध प्रदर्शन

2019-07-20

Madhes, Siraha, Karjanha, Ward 3

सिरहा । सिरहाको बन्दीपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ ।सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुरमा अवस्थित सर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दीपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । सर्पले टोकेपछि उपचारका लागि सर्पदंश उपचार केन्द्र बन्दीपुर गएका अन्दाजी २२ वर्षीय तिलक बरालको मृत्यू भएको हो। अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । हिजो ९शुक्रबार० सर्पले टोकेको ९ मिनेटमै आफै मोटरसाईकल चलाएर उपचार केन्द्र पुगेका बरालको उपचारमा लापरवाहीका कारण मृत्यू भएको आफन्तको आरोप छ । उनको हिजै अन्तिम अवस्थामा जनकपुर रिफर गरिएकोमा त्यहाँ पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । उपचारको लागि दक्ष चिकित्सक नहुँदा पनि त्यही राखेको र पछि अन्तिम अवस्थामा रिफर गरिएका कारण उनको मृत्यू भएको आरोप छ ।बराललाई गौमन सर्पले टोकेको थियो । यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले प्रदर्शनकारी, प्रहरी र जनप्रतिनिधि समेतको रोहवरमा बसेर सहमतिको प्रयास भइरहेको प्रहरीले  जनाए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments