Incident Reports

लोकसेवाको परीक्षाविरुद्ध आदिवासी जनजाति महासंघको बुटवलमा प्रदर्शन

2019-07-20

Lumbini, Rupandehi, Butwal

बुटवल— लोकसेवा आयोगले शनिबार संचालन गरेको परीक्षाका विरुद्ध नेपाल आदिवासी जनजाति महासंघले बुटवलमा विरोध प्रदर्शन गरेको छ। आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लिएको परीक्षा विरुद्ध आरक्षण बचाउ अभियानले बुटवलको सिद्धेश्वरी माविमा रहेको परीक्षा केन्द्र अगाडी विरोध प्रदर्शन गरेको हो।

परीक्षा अवधीभर प्रदर्शनकारीले विभिन्न नारा लगाउदै धर्ना दिएका थिए।  नेपाल आदिवासी जनजाती महासंघ प्रदेश ५ का सचिव तथा आरक्षण बचाउ आन्दोलनका संयोजक दिपक गुरुङ, नेपाल मगर संघका प्रदेश ५ अध्यक्ष बिमल सारु, मोहमद अलिम, मनोज राना लगायतले बोल्दै लोक सेवा आयोगले लिएको परीक्षा खारेजीको माग गरे। आज बिहान भएको सहायक पाँचौ तहको परिक्षामा ६ हजार ८ सय ६७ जना परीक्षार्थी सहभागी रहेको लोकसेवा आयोग बुटवलले जनाएको छ।

त्यस्तै दिउँसो १२ बजेको सहायक चौथो तहको परीक्षामा ८ हजार २३६ परिक्षार्थी सहभागी भएको आयोग बुटवल कार्यालयका प्रवक्ता एकनारायण शर्माले जानकारी  दिए। नेपाल आदिवासी जनजाती महासंघले अहिले पनि परीक्षा केन्द्रमा विरोध प्रदर्शन तथा धर्नाको कार्यक्रम जारी राखेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other indigenous organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments