Incident Reports

तोडफोडमा संलग्न पक्राउ

2019-07-20

Bagmati, Kathmandu, Kathmandu, Ward 4

काठमाडौं, ४ साउन     

काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित यातायात व्यवस्था कार्यालयमा आल्मोनियमको काउण्टर तोडफोड गर्ने कार्यमा संलग्न काठमाडौं अत्तरखेल बस्ने दोलखा भिमेश्वर नगरपालिका-८ घर भएका २३ वर्षीय सुजन तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    राजश्व तिर्न लाईनमा बसेका मानिसहरूलाई यातायातका कर्मचारीले उक्त दिन दिउँसो १२:०० बजेसम्म मात्र राजश्व तिर्न पाईन्छ भन्ने जानकारी गराए पश्चात लाईनमा बसेका तामाङले हो-हल्ला गर्नुका साथै विबाद गरी राजश्व तिर्ने उक्त काउण्टर तोडफोड गरेका थिए । तामाङलाई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Police website

0 Comments