Incident Reports

लोकसेवाको परीक्षामा अवरोध पुर्‍याउने चार जना पक्राउ

2019-07-20

Province 1, Khotang, Rupakot Majhuwagadhi

खोटाङ– खोटाङमा लोकसेवा आयोगको परीक्षामा अवरोध पुर्याएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शनिबार दिक्तेलमा आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पुर्याएको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई पक्राउ गरेको हो। 

दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा बिथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताए। ‘परीक्षा केन्द्रमा प्रवेश गरेर परीक्षा बिथोल्न खोजेकाले पक्राउ गरिएको हो’, प्रजिअ उपाध्ययले भने, ‘हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम भएको छ।’ 

संविधानमा व्यवस्था समावेसी र समानुपातिक व्यवस्था विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा शनिबार आव्हान गरिएको १ नम्बर प्रदेश बन्द अन्तर्गत परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष हात्तीराम राईले बताए। उनीहरुलाई हतकडी लगाएर जिल्ला प्रहरी कार्यालय लगिएको जनाइएको छ। संविधानमा व्यवस्था गरिएको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको विरोधमा आदिबासी जनजाती महासंघ एबं आदिबासी जनजाति संघसंगठन आबद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले प्रदेश बन्द गरेको जनाएको छ। 

पक्राउको विरोधमा दिक्तेलमा प्रदर्शन 

यसैबीच, आन्दोलनका क्रममा पक्राउ परेका चार जनाको रिहाईको माग गर्दै दिक्तेल बजारमा प्रदर्शन गरिएको छ। पक्राउ परेका चारै जनालाई विनाशर्त रिहाई गर्न माग गर्दै नारा जुलुससहित बजार परिक्रमा गरिएको हो। आदिबासी जनजाति महासंघ एबं आदिबासी जनजाति संघसंगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले भवनगैराबाट सुरु गरेको जुलुस रत्नपार्क–हाटडाँडा हुँदै त्रिवेणीचोकमा कोणसभामा परिणत भएको थियो। आन्दोलकारीलाई तत्काल रिहा नगरे आन्दोलनलाई थप सशक्त बनाउने नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष एबं संयुक्त संघर्ष आन्दोलन परिचालन समिति खोटाङका संयोजक हात्तिराम राईले बताए।

आन्दोलनकारीलाई घटनास्थलमा अमानवीय ढंगले कुटपिट गरेको भन्दै समाजवादी पार्टी, नेपाल, आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल राष्ट्रिय दलित संघ खोटाङ र दलित उद्यमी सहकारी संस्थाले छुट्टा–छुट्टै विज्ञप्ति जारी गरी विरोध जनाएका छन्। पक्राउ परेका युवाहरुलाई अमानवीय हिसाबले दमन गरिएको विज्ञप्तिमा उल्लेख छ। पक्राउ परेका चारै जना प्रहरी हिरासतमै अनसनमा बसेको महासंघले जनाएको छ।

........

खोटाङमा लोकसेवाको परीक्षा विथोल्न प्रयास गर्ने आन्दोलकारीमाथि निर्घात कुटपिट भएको छ । शनिवार विहान दिक्तेल वहुमुखी क्याम्पसमा सञ्चालन भएको परीक्षा विथोल्ने प्रयास गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका आन्दोलनकारीमाथि निर्घात कुटपिट भएको हो ।

परीक्षाहलभित्र पसी प्रश्नपत्र च्यातेर विरोध जनाउँदा प्रहरीले नियन्त्रणमा लिएको एलवी मगर लगायतका आन्दोलनकारीमाथि अमानवीय ढंगले कुटपिट गरेको जनाईएको छ । लोकसेवा आयोगले निकालेको विज्ञापन असमावेशी भएको भन्दै विरोधमा उत्रिएका आदिवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रबिन खम्बु र महासंघका सह–सचिव एलबी मगरमाथि प्रहरीले निर्घात रुपमा कुटपिट गरेको बताईएको छ । सोही टोलीमा खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पनि प्रहरीले पक्राउ गरेका छन् ।

परीक्षा सुरु हुन अघि प्रवेशपत्रविनै परीक्षा हल प्रवेश गरेका आन्दोलनकारीले परीक्षा सञ्चालकले बोकिरहेको प्रश्नपत्र खोसेर च्यातेका थिए ।

पक्राउ परेकामध्ये राई र मगरमाथि वढी कुटपिट भएको पाईएको राष्ट्रिय मानवअधिकार आयोग १ नम्बर प्रदेश शाखा खोटाङकी मानवअधिकार अधिकृत सुमित्रादेवी राईले वताउनुभयो । अधिकृत राईको अनुसार विहान पक्राउ परेका आन्दोलनकारीको बेलुकी ९ बजेतिर मात्र घा जाँच गराईएको छ ।

रविन र एलवीको शरीरमा वन्दुकको कुञ्जोको डाम वसेका छन् । प्रहरीले भने नियन्त्रणमा लिने क्रममा सामान्य कुटपिट भएको जनाएका छन् । आन्दोलनकारी पक्षले भने सिडियोको प्रत्यक्ष आदेशमा मगर र राईमाथि पक्राउ परेकै स्थलमा कुटपिट भएको वताएका छन् । ‘सुरुमा प्रहरीले सामान्य ढंगले नियन्त्रणमा लिएका थिए ।’ एक आन्दोलकारी भन्छन्–‘सिडियो विष्णुहरी उपाध्यायले ठोक ! भनेपछि निर्घात कुटपिट भएको हो ।’

यसैवीच, आन्दोलनकारीलाई घटनास्थलमा अमानवीय ढंगले कुटपिट गरेको समाजवादी पार्टी नेपाल खोटाङ तथा अन्य संघसंस्थाले भत्र्सना गरेको छ । आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल राष्ट्रिय दलित संघ खोटाङ र दलित उद्यमी सहकारी संस्थाले समेत छुट्टाछुट्टै विज्ञप्ती जारी गरी कुटपिटको विरोध जनाएका छन् ।

जनताको विरोध गर्न पाउने अधिकारको रक्षा गर्न भन्दै पक्राउ परेका ४ जना युवाहरुलाई तत्काल रिहाई गर्न सवैको विज्ञप्तीमार्फत माग गरिएको छ । पक्राउ परेका आन्दोलनकारीले भने आत्मसमर्पण नगर्ने बताएका छन् । आन्दोलन रोक्ने सर्तमा आफुहरुलाई छुटाउने पहल नगर्न रविन खम्बुले आग्रह गर्नुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ लगायत संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले जिल्लामा चरणबद्द आन्दोलन गरिरहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Secondary Form Other forms of non-violent protest
Weapons Unclear
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Adivasi/Janajati
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments