Incident Reports

जंगलमा 'लुकाइराखेको' भरुवा बन्दुक प्रहरीले भेट्टायो

2019-07-21

Sudurpashchim, Bajura, Badimalika, Ward 1

बाजुरा : जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिएको प्रहरी टोलीले बडिमालिका नगरपालिका–९ फडिल्लाको जंगलमा एक थान भरुवा बन्दुक फेला पारेको छ ।

शनीबार दिउसो प्रहरी नीरिक्षक जनकराज ढुंगानाको नेतृत्वमा खटिएको टोलीले फडिल्ला बस्ती नजिकैको जंगलमा लुकाएर राखिएको अवस्थामा बन्दुक फेला पारेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटका अनुसार जंगलमा बेवारिसे बन्दुक लुकाएर राखिएको अवस्थामा थियो । उक्त बन्दुक कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रमुख भाटले बताए । बाली खान आउने जंगली जनावर तथा बाँदर धपाउन स्थानीयले लुकाएर राखेको हुनसक्ने भाटको भनाइ छ ।

 

National/Online Media

0 Comments